×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

कांग्रेस–माओवादीद्वारा भरतपुर महानगरको मतगणना बहिस्कार, निर्वाचन अधिकृतले धाँधली गरेको आरोप !

  • अर्थ सरोकार इलेक्सन ब्यूरो 
भरतपुर – भारतपुरमा मतगणनाको विषयलाई लिएर उठेको विवादले तीब्र रुप लिएको छ । निर्वाचन अधिकृतले धाँधली गरेको भन्दै कांग्रेस, माओवादी र राप्रपाले मतगणना बहिस्कार गरेका छन् भने मतगणना बहिस्कार पछि संयुक्त पत्रकार सम्मेलन गर्दै कांग्रेस–माओवादी गठबन्धनले निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेको राजीनामा माग गरेको छ ।
पत्रकार सम्मेलन आयोजना गर्दै नेपाली कांग्रेसका चितवन जिल्ला सभापति जितनारायण श्रेष्ठले पटक–पटक त्रुटीपूर्ण परिणाम सार्बजनिक गरेर न्यौपानेले धाँधली गर्न खोजेको आरोप लगाउँदै वडा नम्बर चार, वडा नम्बर सात र वडा नम्बर नौको मत परिणाम सार्बजनिक गर्दा फरक–फरक तथ्यांक सार्बजनिक गरिएको दावी गरे । 
वडा नम्बर सातको मत परिणाम सार्बजनिक गर्दा पनि उम्मेदवारको प्रतिनिधिको टिपोट विपरित कम्प्युटर प्रिन्ट गरेर निकालेको तथ्यांक फरक देखिएको कांग्रेस जिल्ला सभापति जीतनारायण श्रेष्ठले दावी गरेका छन् भने कांग्रेस, माओवादी र राप्रपाका कार्यकर्ताहरुले वडा नम्बर नौं को पुनः मतगणनाको माग गर्दै नाराबाजीसहित प्रदर्शन गरिरहेका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: