×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

यस्तो पो जीत ! एउटै उम्मेदवारको ३ हजार ७ सय मत बदर, तैपनि भारी मतले विजयी

काठमाडौं । तीव्र प्रतिस्पर्धा, आपसी तालमेल साँच्चिकै मेल खान्छ कि खाँदैन भन्ने पिरलो । त्यसमाथि आफूलाई आएको ३ हजार ७ सयभन्दा बढी मत बदर । बाग्लुङ नगरपालिकाको स्थानीय तह निर्वाचनको मतगणनामा देखिएको यो दृश्यले बाग्लुङ नगरपालिकाका उपमेयर पदका उम्मेदवार सुरेन्द्र खड्कालाई तनावग्रस्त बनायो । यसले निर्वाचन आयोगले सञ्चालन गरेको मतदाता शिक्षा, मतदाताको चेतनास्तरलाई समेत कटाक्ष गरेका छ ।
जिल्ला निर्वाचन कार्यालय बागलुङका अनुसार बागुलुङ नगरपालिकाका उपमेयरका उम्मेदवार खड्कालाई प्राप्त ३ हजार ७ सय ४४ मत बदर भएको छ । मेयर पदमा १ हजार ९ सय २५ मत बदर भएको पाइएको छ । वडा सदस्यमा पनि ठूलो संख्यामा मत बदर भएको जिल्ला निर्वाचन कार्यालय, बाग्लुङका सूचना अधिकारी श्यामकुमार थापाले बताए ।
अहिलेको निर्वाचनमा सबैभन्दा बढी उपमेयरका उम्मेदवार खड्काले प्राप्त मतमध्ये ३ हजार ७ सय ४४ अर्थात् १५ दशमलव २९ प्रतिशत मत बदर भएको सूचना अधिकारी थापाले जानकारी दिए । यद्यपि, खड्का भारी मत बदर हुँदाहुँदै पनि विजयी भएको आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: