×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

विभूषणमा झेल, राष्ट्रपति / उपराष्ट्रपतिकै सन्तति सुशोभित !

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नवौं गणतन्त्र दिवसको अवसरमा शुक्रबार आफ्ना तथा उपराष्ट्रपतिका सदस्यसहित २ सय ५८ जनालाई सुशोभित गरेकी छन् ।
राष्ट्रपति भवन शीतलनिवासमा आयोजित समारोहमा राष्ट्रपति भण्डारीले नेकपा एमालेका तत्कालीन महासचिव एवं आफ्ना पति मदन भण्डारीलाई मरणोपरान्त नेपाल रत्न विभूषण प्रदान् गरिन् । सो विभूषण भण्डारीका छोरीद्वय उषाकिरण भण्डारी र निषाकुसुम भण्डारीले ग्रहण गरे ।
त्यसैगरी उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेशकुमार पुनलाई जनसेवाश्री पदकले विभूषित गरिएको छ । पुनले आफ्नो फेसबुक पेजमा सुशोभनका लागि उपस्थित हुन गृह मन्त्रालयले पठाएको पत्रको तस्बिर राखेका छन् ।
विभूषण, तक्मा तथा पदक वितरणको स्पष्ट मापदण्ड नभएको नेपालमा आफू निकटका व्यक्ति तथा परिवारका सदस्यलाई प्रदान गर्ने चलन लामो समयदेखिको हो । पञ्चायतदेखि प्रजातन्त्र कालसम्म राजपरिवारका सदस्यलाई प्राथमिकताका साथ विभिन्न विभूषण दिने गरिन्थ्यो । अहिले पनि विभूषण वितरणमा त्यही प्रवृत्ति देखिएको नागरिक दैनिकले लेखेको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: