×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

स्टान्डर्ड चार्टर्डले आजदेखि एफपीओ नपरेको पैसा फिर्ता दिँदै

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं – स्टान्डर्ड चार्टर्ड बैंकले २२ वटा बैंक तथा वित्तीय संस्थामा खाता नभएका लगानीकर्तालाई सोमबार देखि एफपीओ नपरेको पैसा फिर्ता दिन सुरु गरेको छ । लगानीकर्ताले आफुले आवेदन बुझाएको संकलन केन्द्रबाट चेक मार्फत पैसा फिर्ता लिन पाउनेछन् । 

चार्टर्डले विभिन्न २२ वटा बैंक तथा वित्तीय संस्थामा खाता भएका लगानीकर्तालाई भने शुक्रबारदेखिनै एफपीओ नपरेको पैसा खातामै फिर्ता दिन सुरु गरिसकेको छ । चर्टर्डले बिक्री गरेको २५ लाख ५८ हजार १४० किक्ता एफपीओ गत सोमबार बाँडफाँट भएको हो । यसमा १४० कित्तासम्म आवेदन दिनेले गोलाप्रथा मार्फत १० कित्ता सेयर पाएका छन् भने १५० कित्ता माथि आवेदन दिने सबैले सेयर पाएका छन् । यो एफपीओमा लगानीकर्ताले अधिकतम १६ सय ३० कित्तासम्म सेयर पाएका छन् ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: