मुद्दा हारेपछि एनएलजीका सिइओ साहले दिए राजिनामा !
Powered by Blogger.
मुद्दा हारेपछि एनएलजीका सिइओ साहले दिए राजिनामा !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ - एनएलजी इन्स्योरेन्स कम्पनीका सीइओ रहेका विजयबहादुर शाहले राजीनामा दिएका छन्। नियामक निकाय बीमा समितिलाई विपक्ष बनाएर अदातल पुगेका उनले पाटन उच्च अदालतको फैसलापछी राजीनामा दिएका हुन् ।

विमा समितिको निर्देशन कानुन विपरित भएको भन्दै अदालत पुगेका उनलाई अदालतले अन्तरिम आदेश दिएको थियो । अन्तरिम आदेशपछी जागिरमा निरन्तरता दिएका उनले अन्तिम फैसला आउँदा मुद्धा हारेपछि राजीनामा दिएका हुन् ।

कामु प्रमुख कार्यकारी अधिकृतमा सुनिल वल्लव पन्त नियुक्त भएका छन्। उनी कम्पनीको डेपुटी महाप्रबन्धक थिए। 



Published Date : Sunday, May 21, 2017

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...