निर्वाचनको अघिल्लो दिन मध्यराती लमजुुङ बगुवामा बम पड्कियो !


लमजुङ -लमजुङको राइनस नगरपालिकाको बगुवा डाँडा नजिकै बम पड्किएको छ । शनिबार राती ९ बजेर राइनस–९ बगुवा डाँडा स्थित देविथान मन्दिर नजिकैको खरबारीमा बम पड्काइएको हो । 

बम विष्फोटबाट कुनै मानविय क्षति भने भएको छैन । निर्वाचनको विरोध गर्दै आएको नेपाल कम्युनिष्ट पार्टीले निर्वाचन विथोल्नकै लागि बम विष्फोट गराएको हुन् सक्ने सुरक्षा अधिकारीहरुको आसंका छ ।एक्कासी बम पड्किएपछि स्थानियहरुमा त्रास फैलिएको छ । लमजुङका प्रहरी नायव उपरिक्षक समिरचन्द्र खरेलका अनुसार बम पड्किएको थाहा पाएको र अनुसन्धान भइरहेको जानकारी दिए ।

यता निर्वाचनका लागि सुरक्षा व्यवस्था कडा गरिएकोले ढुक्क भएर निर्वाचनमा सहभागी हुन सुरक्षा समितिले मतदाताहरुलाई आग्रह गरेको छ ।
प्रकाशित : Sunday, May 14, 2017

recent

Popular Posts