भरतपुरमा माओवादी प्रतिनिधिले मतपत्र च्यातेपछी मतगणनास्थल तनावग्रस्त, प्रहरीले गर्यो लाठीचार्ज, मतगणना रोकियो !
Powered by Blogger.
भरतपुरमा माओवादी प्रतिनिधिले मतपत्र च्यातेपछी मतगणनास्थल तनावग्रस्त, प्रहरीले गर्यो लाठीचार्ज, मतगणना रोकियो !


भरतपुर - भरतपुरमा बबण्डर मच्चिएको छ । माओवादी प्रतिनिधिले मध्यरातमा मतपत्र च्यातिदिएपछि भरतपुर महानगरपालिकाको मतगणनास्थलमा तनाव सिर्जना  हुँदा अहिले मतगणना रोकिएको छ ।

देबी ज्ञवाली र  रेणु दहालबीच तिव्र प्रतिस्पर्धा भइरहेका बेला वाईसीएल जिल्ला अध्यक्ष मधु न्यौपानेले मतपत्र च्यातेका थिए । मतगणना अन्तिम चरणमा पुगेका बेला मतपत्र च्यातिएपछि तनाव बढेको थियो ।

न्यौपानेलाई प्रहरीले नियन्त्रणमा लिइसकेपछि मतगणनास्थल भित्रै रहेका दाहालको प्रतिनिधि द्रोण सिवाकोटीले पनि मतपत्र च्यातेका थिए । न्यौपाने र सिवाकोटी दुबैलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने स्थिति नियन्त्रणमा लिन प्रहरीले लाठीचार्ज गरेको छ ।

प्रकाशित मिति : Monday, May 29, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...