×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

लुक्लामा विमान दुर्घटनाः चालकको मृत्यु, दुई घाइतेलाई काठमाडौं ल्याउन सकिएन !

  • अर्थ सरोकार सम्बाददाता 
सोलखुम्बु – सोलखुम्बुको लुक्ला विमानस्थलमा गोमा एयरको विमान दुर्घटनामा परी एक चालकको मृत्यु भएको छ । काठमाडौंबाट उठेको गोमा एयरको कार्गो विमान अवतरणका क्रममा दुर्घटनामा परेको थियो । सुरुमा विमान परिचारिका प्रज्ञा महर्जनको उद्दार गरियो । उनी खतरामुक्त रहेकी छन् । सहचालक श्रीजन मानन्धरको पनि उद्दार भएको छ तर, उनको अवस्था केही गम्भीर छ ।
दुर्घटनामा घाइते भएका सहचालक र परिचारिकाको स्थानीय लुक्ला अस्पतालमा उपचार भइरहेको छ । मौसममा सुधार आउनासाथ उनीहरुलाई थप उपचारका लागि काठमाडौं पठाइने विमानस्थलका अधिकारीहरुले बताएका छन् ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: