×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

‘वडाबाट समृद्धिको अभियान सुरु गर्नेछु’ : चन्द्र प्रकाश श्रेष्ठ

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – देशनै निर्वाचनमय भइरहेका बेला वडा सदस्यका उम्मेदवार बनेका चन्द्र प्रकाश श्रेष्ठले समृद्धिको अभियान आफ्नै वडाबाट सुरु गर्ने बताएका छन् । अर्थ सरोकार डटकमसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् । धापासी, टोखा मा जन्मिएका श्रेष्ठ वडा नम्बर ६ बाट वडा सदस्य  खुल्लातर्फबाट उठ्दैछन् ।
‘आफ्नै वडाबाट समृद्धिको अभियान सुरु गर्नेछु । एमालेको नीति र एमालेकै नेतृत्व भन्ने नारा आफ्नै वडाबाट कार्वनयन गराई देश बनाउने अभियान आफ्नै वडाबाट सुरु गर्नेछु ।’ उनले भने । स्थानीय तहको निर्वाचनमा आफुलाई मतदान गर्न आग्रह गर्दै उनले भने, ‘मैले जितेपछि एक-एक मत खेर नजाने गरी काम गर्नेछु। ‘
हाल नेपाल ल क्याम्पसमा एलएलबी अध्ययन गरिरहेका उनले व्यवस्थापनमा स्नातक सकिसकेका छन् । नेकपा एमाले कमिटिका सहसचिव र युवा संघ नेपालका सचिव रहेका उनले यसपटकको चुनावमा आफुलाई जसरी पनि बिजयी गराउन सबैजनासँग अपिल समेत गरेका छन् ।         
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: