×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

सिभिल बैंकमा अर्को ‘किर्त काण्ड’ : सीइओको मिलेमतोमा राष्ट्र बैंकलाईसमेत झुक्याएर गरियो यस्तो किर्ते काम !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – यसअघिपनि विभिन्न खाले किर्ते काण्डको चर्चा भएको सिभिल बैंकमा पुन: अर्को किर्ते काण्ड भएको खुलासा भएको छ । बैंकले आफ्नो कर्पोरेट कार्यालय सार्ने कार्यमा किर्ते काम गरेको भएको खुलाशा भएको हो । यसअघि नक्कली लालपूर्जा बनाएर किर्ते गरेको आरोप लागेको बैंकले कमलादीमा रहेको आफ्नो कार्यालय सुन्धारास्थित सीटीसी मलमा सार्नका लागि नक्कली कागजात बनाएर स्वीकृति लिएको पाइएको छ । नेपाल राष्ट्र बैंकलाई समेत झुक्याएर बैंकले नक्कली कागजात तयार पारी किर्ते काम गरेको स्रोतको दावी छ । 
राष्ट्र बैंकलाइसमेत झुक्याएर गरियो किर्ते काम !
स्रोतका अनुसार नेपाल राष्ट्र बैंकलाई समेत झुक्याएर किर्ते काम भएको छ । यो काम गर्न नेपाल राष्ट्र बैंकका केहि कर्मचारीसँग मिलेमतो भने गरिएको स्रोतको दावी छ । ‘हुन त सिभिल बैंकमा किर्ते काम हुनु नौलो घटना होइन । तर यसपाली नेपाल राष्ट्र बैंकलाई समेत चलेर किर्ते काम भएको छ। ‘ अर्थ सरोकार डटकमसँग कुराकानी गर्दै स्रोतले भन्यो, ‘ सुन्धारास्थित सिभिल ट्रेड सेन्टरमा बैंकको कर्पोरेट कार्यालय सार्ने तयारीछ । त्यसका लागि किर्ते कागजात बनाइएको छ । त्यहि किर्ते कागजातकै आधारमा तयार पारिएको कोटेशनलाई स्वीकृत गर्दै राष्ट्र बैंकले रजिष्टार्ड कार्यालय स्थानान्तरणका लागि अनुमति दिइसकेको छ । सिभिलले नक्कली कागजात बनाएको नेपाल राष्ट्र बैंकले समेत आत्तोपत्तो पाएको छैन ।’ 

इक्षाराजको जोडबलमा भवनमा बैंकको कार्यालय !
स्रोतका अनुसार निर्माणताका नै विवादित यस भवनमा भूकम्पले क्षति पुर्याएपछी मर्मत गरेर चलाउन मिल्ने पत्र दिइएको थियो भने भूकम्पपछी जनताको आँखामा छारो हाल्न उक्त मलको नाम परिवर्तन गरी सिटीसी मल बनाइएको थियो । ‘अझ खास कुरा त के छ भने सीटीसी मल इच्छाराज तामाङको कम्पनीले बनाएको हो । इक्षाराज तामाङले भर्खरै बैंकको अध्यक्ष पद छोडेका छन् ।’ स्रोतले भयो । यता आफ्नी श्रीमतीलाई सञ्चालक बनाएर बैंक छोडेको आरोप समेत खेपीरहेका तामाङले जोडबल गरी कमजोर भवनमा बैंक सारेको स्रोतको दावी छ ।
भूकम्पका कारण निकै कमजोर बनेको यो भवनमा रहेका पसलहरुमा समेत राम्रो व्यापार हुन छाडिसकेको छ । र उक्त मल चल्न चादेपछी इच्छाराज तामाङको ठाडो निर्देशनमा सो भवनमा आफु रहेका विभिन्न कम्पनीहरुको कार्यालय खोल्ने काम भएको छ । केही समयअघिमात्रै इक्षाराजले आफ्नै जोडबलमा सिभिल क्यापिटल लिमिटेडको कार्यालय सारेका थिए । नियमअनुसार बैंककाप्रवद्र्धक तथा सञ्चालकहरूको कुनै न कुनै संलग्नता रहेको भवन भाडामा लिन नमिलेपनि राजनीतिक आडमा इक्षाराज तामाङले गलत धन्दा गरिरहेका छन् ।’ स्रोतले भन्यो । 
हालका सीइओको मिलेमतोमा यस्तो किर्ते काम !
स्रोतका अनुसार यो प्रकरणमा इक्षाराज तामाङले गरेको किर्ते कामका डिजाइनर सिभिलका हालका सीइओ रहेका गोविन्द गुरुङ हुन् । सीइओ भएदेखिनै धेरैको आँखाको तारो बन्दै आएका गुरुङलाई बर्खास्तीको माग गर्दै गत बिहिबार सिभिल बैंकका सञ्चालकहरुले बैंक घेराउसमेत गरेका थिए । स्रोतका अनुसार गोविन्द गुरुङकै डिजाइनमा सो भवनको २ वटा तल्ला बैंकलाई महंगो मूल्यमा भाडामा लिनको लागि तामाङले किर्ते काम भएको छ । 
बैंकले भाडामा लिने सूचना निकाल्नुभन्दा केही अघिमात्र सो भवनको बैंकले लिएको भाग अर्कैको नाममा पास गराएर, आफ्नै नजिकका केही व्यक्तिको ३ वटा कोटेशन बैंकमा हाल्न लगाएर बैंकको केन्द्रीय कार्यालयनै सो भवनमा सार्ने निर्णय गराइएको स्रोतको भनाइ छ । ‘अहिले १० बर्षका लागि सम्झौता गरिएको छ । सम्झौताका प्राय सबै बुँदा हेर्ने हो भने बैंकलाई तल पारिएको छ । तर नेपाल राष्ट्र बैंक यससम्बन्धमा केहिपनि बोलेको छैन । इक्षाराजले आफु बैंकबाट निस्कनुअघिनै नेपाल राष्ट्र बैंकमा सबै सेटिङ मिलाएर काम फत्ते गरेका छन् ।’ स्रोतले अर्थ सरोकार डटकमसँग भन्यो ।
यो पनि पढ्नुहोस् :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: