×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सिभिलको खुद नाफा २२.४१% घट्यो

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं –  चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा सिभिल बैंकको खुद नाफा २२.४१% ले घटेको छ । बैंकको नाफा १५ करोड ४४ लाख ४७ हजार रुपैयाँमा सीमित भएको हो । गत वर्ष यही अवधिमा बैंकले १९ करोड ९० लाख ७६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकको खुद ब्याज आम्दानी भने २०% ले बढेर ७३ करोड ३५ लाख ३५ हजार रुपैयाँ पुगेको छ । गत वर्ष बैंकले ६१ करोड ५ लाख ९९ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । बैंकले २७ करोड ४४ लाख ९३ हजार रुपैयाँ राइट ब्याक गरेको छ भने ४७ करोड ४९ लाख २१ हजार रुपैयाँ सम्भावित जोखिमका लागि छुट्याएको छ । सिभिलको कर्जा लगानी २३.७४% ले वृद्धि भएको छ । यो त्रैमासमा सिभिलको कर्जा लगानी २९ अर्ब ८० करोड ७२ लाख ३२ हजार रुपैयाँ पुगेको छ । गत वर्ष बैंकको कर्जा लगानी २४ अर्ब ८ करोड ६९ लाख २८ हजार रुपैयाँ थियो ।
निक्षेप संकलन पनि ३३ अर्ब ८१ करोड १८ लाख ७३ हजार रुपैयाँ पुगेको छ । गत वर्षको तुलनामा निक्षेप १९.८१% ले वृद्धि भएको हो । गत वर्ष बैंकले २८ अर्ब २२ करोड ५ लाख ६१ हजार रुपैयाँ निक्षेप संकलन गरेको थियो । सिभिलको खराब कर्जा बढेर ४.६६% पुगेको छ । गत वर्षको यसै अवधिमा सिभिलको खराब कर्जा २.१७% थियो । बैंकको कस्ट अफ फन्ड पनि बढेको छ । गत वर्ष ५.४६% रहेको कस्ट अफ फन्ड बढेर यो त्रैमासमा ६.३२% पुगेको छ । तेस्रो त्रैमाससम्ममा बैंकको चुक्ता पुँजी ४ अर्ब ५८ करोड ३८ लाख रुपैयाँ पुगेको छ । गत वर्षको तुलनामा ४८.६९% ले पुँजी वृद्धि भएको हो । राष्ट्र बैंकले तोकेको ८ अर्ब चुक्ता पुँजी पुर्याउन सिभिल युनिक फाइनान्स र हामा मर्चेन्ट एन्ड फाइनान्सलाई एक्वाएर गर्ने प्रकृयामा छ ।
एक्विजिसनपछि ३०% हकप्रद जरी गर्ने प्रस्तावसहित जेठ ४ गते सधारण सभा बोलाएको छ । साथै, बैंकले २.८८% बोनस सेयर दिने प्रस्ताव गरेको छ । यसअघि सिभिलले इन्टरनेसनल लिजिङ एन्ड फाइनान्स कम्पनीलाई गाभिसकेको छ । बैंकको रिजर्भ कोषको वृद्धि भने लोभलाग्दो देखिएको छ । बैंकको रिजर्भ कोषमा २२४.६६% ले बढेर १ अर्ब ३१ करोड २९ लाख १९ हजार रुपैयाँ जम्मा भएको छ । गत वर्ष बैंकको रिजर्भ कोषमा ४० करोड ४३ लाख ९८ हजार रुपैयाँ मात्र थियो । बैंकको प्रतिसेयर आम्दानी ४ रुपैयाँ ५२ पैसा छ भने प्रतिसेयर नेटवर्थ १२८ रुपैयाँ ६४ पैसा छ । 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: