×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

चुनावको मुखैमा सीके राउत काठमाडौँमा !


  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – डा. सीके राउत काठमाडौँ छिरेका छन् । स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा. सिके राउत बुद्ध एयरलाइन्सको ५०२ नम्बरको नियमित उडानबाट १३ः०५ बजे धनुषाको जनकपुर हुदै काठमाडौंको लागि प्रस्थान गरेका थिए । उनी काठमाडौँमा १३ः३० बजे बुद्ध एयरको जहाजबाट अवतरण भएका हुन् ।
उनलाई मिति २०७३/१०/२० गते जनकपुर स्थित निवासबाट प्रहरीले गिरफ्तार गरि राज्यबिरुद्द्को मुद्दामा सिरहा प्रहरी कार्यालय राखिएको थियो । सिरहा प्रहरी कार्यालयमा माघमहिनामा १० दिन, फागुन महिनामा ३० दिन र चैत महिनामा ३० दिन गरि ७० दिन हिरासतमा राखिएको थियो भने मिति २०७३/१२/३१ गते रुपन्देही प्रहरी कार्यालयमा लगिएको थियो । 
राउतलाई रुपन्देही प्रहरी हिरासतमा १२ दिन राखिएको थियो । यस्तै मिति २०७४/१/१३ गते रौतहट प्रहरी कार्यालयमा राउतलाई लगेका थिए । १३ र १४ गते हिरासत बसाई पछि १५ गते राउतलाई रिहाई गरिएको थियो । डा. सिके राउत प्रहरी हिरासतमा जम्मा ८४ दिन बसेका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: