×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

प्रचण्डको आदेशमा मतपत्र च्यातियो, योजना तेजाब खन्याउन थियो : देवी ज्ञवाली (अन्तर्वार्ता)

भरतपुर – देशको सबैभन्दा चासोको विषय बनेको भरतपुर महानगरपालिकाको मत गणना आइतबार रातिबाट स्थगित भएको छ । माओवादी केन्द्रले मतपत्र च्यातेपछि लफडा सुरु भएको थियो । यहि विषयमा माओवादी केन्द्र र एमालेबीच आरोप प्रत्यारोप पनि भइरहेको छ । यसबिषयमा एमालेबाट भरतपुर महानगरका उम्मेदवार देवी ज्ञवालीसँग गरिएको कुराकानी यस्तो छ । 
भरतपुरमा मध्यराति भएको चाँहि के हो ?
मतपरिणाम नेकपा एमालेको पक्षमा आइरहेको अबस्थामा माओवादी केन्द्रका एजेन्ट प्रकाश कँडेल, मधु न्यौपाने, दिलीप लगायतका व्यक्तिहरुले मतपत्र च्यात्ने निन्दनीय कार्य भयो । सुनियोजित ढंगले मतपत्र च्यात्न लगाइयो । निर्वाचनमा हार हुन लागेपछि मतपत्र च्यात्न लगाएर लोकतान्त्रिक अभ्यास र प्रणालीलाई तोड्ने एउटा दुःखद घृणास्पद र लज्जास्पद क्रियाकलाप सत्तारुढ पार्टीका कार्यकर्ताहरुबाट भएको छ । बर्बर, तानाशाही र जंगली क्रियाकलाप यहाँ देखियो ।
कसरी यस्तो भयो ?
१९ नम्बर वडाको ७५ प्रतिशत गणना भइसकेको थियो । २० नम्बर वडाको बाँकी छ । जसमा सूर्य चिन्हले अत्याधिक मत प्राप्त गरेको अबस्था देखेपछि सत्तारुढ दलका उम्मेदवारले हारलाई स्वीकार गर्न नसकेर मतपत्र च्यात्ने जंगली कार्य भएको छ । यो प्रधानमन्त्री समेत रहेका सत्तारुढ दल माओवादीका अध्यक्ष पुष्पकमल दाहालको निर्देशनमा भएको हो ।
एकाएक यस्तो घटना भएको हो कि पहिल्यै केही संकेत मिलेको थियो ?
मान्छेहरु पहिल्यै आंशका गरिरहेका थिए । माओवादी र काँग्रेसले हार्दैछन्, षडयन्त्र गर्दैछन् मतपत्र च्यात्दैछन् तेजाब खन्याउँदैछन् भन्ने खालका कुरा हामीले सुनेका थियौँ । तर, यस्तो घृणित काम त के गर्लान भन्ने लागेको थियो । तर आज व्यवहारबाट यो कुरा प्रमाणित भयो । अब हामीलाई डर लागिरहेको छ ।

प्रहरीलाई खबर गर्नुभएन ?
हामीले पटकपटक प्रहरी प्रशासनलाई खबर गर्यौं । सूचना दियौं । तर, सूचना दिँदादिँदै पनि तिनै मान्छेहरु एउटा दलको एजेण्ट बन्ने, निर्वाचन परिणाम आफ्नो पक्षमा नआएपछि मतपत्र च्यात्ने जस्ता निन्दनीय र घृणित कार्यहरु भए । प्रहरीले पनि खास चासो लिएको देखिएन् । यस्तो कुरा भन्नुपर्दा म आफै दुखित छु ।

अब कसरी अगाडि बढ्नुहुन्छ ?
अब हामी निर्वाचनको बिधि प्रक्रिया र कानुनसम्मत ढंगले अगाडि बढ्न चाहन्छौं । निर्वाचनको विधि अनुसार जे विधि छ, त्यो विधि र प्रक्रिया अन्तरगत हामी अगाडि बढ्नेछौं । मतगणनाको जिम्मा लिने निकाय निर्वाचन आयोग हो । उसले कहिले अगाडि बढाउँछ त्यो उहाँहरुसँगै प्रश्न गर्दा उपयुक्त र सान्दर्भिक होला ।
(भरतपुर महानगरपालिकाको मतगणना स्थगित भएको सन्दर्भमा एमालेका मेयरका उम्मेदवार देवी ज्ञवालीसँग   गरेको गरिएको कुराकानी ) हामीले यो अन्तर्वार्ता दैनिक नेपालबाट साभार गरेका हौ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: