×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

कांग्रेसलाई सुताएर देउवाले प्रचण्ड पुत्रीलाई समर्थन गर्न ५० करोड लिएको खुलासा !

काठमाडौं । नेपाली कांग्रेसका लागि काठमाडौं, ललितपुर, भरतपुर र पोखरा लेखनाथमध्ये भरतपुर महानगरपालिका सबैभन्दा सुरक्षीत मानिन्छ। तर कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको तर्फबाट महानगर प्रमुखको उम्मेदवार बनेका दिनेश कोइरालालाई बलिको बोको बनाएर उम्मेदवारी फिर्ता लिए ।
देउवाले पार्टी हित विपरित किन यस्तो निर्णय लिए होलान् भनेर धेरै कांग्रेसी नेता मात्र होइन, राजनीतिप्रति चासो राख्ने जो कोहीको मनमा यही प्रश्न उठ्छ । देउवाले कांग्रेसले अघिल्लो दिन महानगर प्रमुखमा चर्चित युवा नेता दिनेश कोइरालालाई उम्मेदवार बनाउने निर्णय गरेर भोलीपल्ट उनै कोइरालाको उम्मेदवारी फिर्ता गर्नुको मुख्य कारण राजनीतिक नभएर आर्थिक रहेको रहस्य वाहिर आएको छ ।
माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड गत २०७० को संविधानसभाका निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर १० मा कांग्रेसका उम्मेदवारको सामु धुलो चाटे । उनले सिरहा क्षेत्र नम्बर ६ मा बाहुबलीको प्रयोग गरी एमाले उम्मेदवार लिला श्रेष्ठलाई झिनो मतान्तरले पराजित गरेको थिए । उपत्यका र तराईबाट समेत आफ्नो राजनीतिक भविष्य सुरक्षीत नदेखेपछि प्रचण्डले गत बर्ष बजेटको शीर्षकमा उल्लेख नैं नभएको रकम दुरूपयोग गर्दै चितवन जिल्लामा पाँच हजार सुकुम्बासीलाई धनीपुर्जा वितरण गरे । 
चितवनका स्थायी वासिन्दा प्रचण्डलाई त्यहीँबाट राजनीति गर्न कांग्रेस वाधक थियो । कांग्रेसलाई सुताएर आफ्नो राजनीतिक सवार गर्ने रणनीति बनाएका प्रचण्ड जतिवेला सफल भए, त्यो समय थियो, सत्ता हस्तान्तरण गर्ने व्यक्ति नैं कांग्रेसको नेतृत्व थियो। यही मौकामा प्रचण्डले स्थानीय तहको निर्वाचन पहिलो चरणको सम्पन्न हुनासाथ कांग्रेसको नेतृत्वलाई सत्ता हस्तान्तरण गर्ने एउटा रणनीतिक प्रस्ताव अघि सारेको पाइन्छ । स्रोतका अनुसार प्रचण्डले कांग्रेस सभापति देउवालाई एमालेले राप्रपासँग समिकरण गरेर सत्ता गठबन्धन दललाई किनारा लगाउन खोजेकोले आफूहरू पनि चुनावी तालमेल लागौं भन्ने सुझाव दिएछन् । 
सत्ताको रसास्वादन गरीसकेका देउवा पनि के कम उनले पनि प्रचण्डको प्रस्ताव एकै सर्टमा सहर्ष स्वीकारे । तालमेलको प्रस्ताव त स्वीकारे तर त्यसको दुई दिन नवित्दै उनले महानगरबाट चुनावी तालमेलको प्रस्ताव गरे । दाहालले भरतपुर र ललितपुरमा प्रमुख माओवादी केन्द्रलाई दिने तथा काठमाडौं र पोखरा लेखनाथ महानगरमा भने कांग्रेसले माओवादीको प्रमुखका उम्मेदवारलाई सघाउने प्रस्ताव अघि सारे । देउवाले सो प्रस्ताव पार्टीमा छलफल गर्नु पर्ने भनेर १७ गते आन्तरिक तर गोप्य छलफल स्थगित गरे । 
१९ गते मंगलबार देउवाले प्रचण्डसँगको गोप्य सहमति अनुसार भरतपुर नगरपालिकाको प्रमुखमा माओवादीलाई कांग्रेसले सघाउने भनेर आफूले प्रधानमन्त्रीलाई वचन दिएको भनेर निर्णय सुनाए । देउवाको यस्तो निर्णयको पहिले त नेता रामचन्द्र पौडेलले पनि विरोध गरे । बैठकमा कृष्णप्रसाद सिटौलाले रूख चिन्ह वाहेक अन्य चुनाव चिन्हमा भोट हाल्ने निर्णयमा आफूले कहिल्यै हस्ताक्षर नगरेको भन्दै बाहिरिए । देउवाले त्यसवेला ललितपुर माओवादीलाई र पोखरा र काठमाडौंमा माओवादीले कांग्रेसलाई महानगर प्रमुखमा समर्थन गर्ने निर्णय नैं सुनाए । तर प्रकाशमान सिंहले काठमाडौंमा दुवै पद जितिने दावी गर्दै देउवाको प्रस्तावको ठाडै अस्वीकार गरे । ललितपुरको प्रमुख कांग्रेसले लिने र पोखराको प्रमुख माओवादीलाई दिने बिकल्प देउवाले लिना साथ शहरी विकास मन्त्री अर्जुननरसिंह केसी कुर्लिएर भन्न थाले शेरबहादुरजी पोखरामा रामजी कुँवरले प्रमुखमा टिकट नपाउने हो भने मन्त्री पदबाट आजैदेखि राजिनामा दिन्छु ।
केसीको दाबी हार्न नकसेकेका देउवाले एउटै पनि महानगरमा तालमेल गर्न नसकिने कुरा प्रचण्डलाई सुनाउना साथ उनले सत्ता समिकरणमा समेत अविश्वास पैदा हुने चेतावनी दिएका थिए । प्रचण्डले अरूतिर नसके पनि भरतपुर महानगरको प्रमुखमा भने कांग्रेसले उम्मेदवारी फिर्ता लिएर र माओवादीको प्रमुख पदमा सघाउनु पर्ने प्रस्तावलाई अडानको रूपमा लिए । प्रचण्डको अडानले रन्थनिएका देउवा वैशाख २० गते दिउँसोभरी पार्टी केन्द्रीय कार्यालय सानेपामा बसे । भरतपुर महानगरमा कांग्रेसको तर्फबाट प्रमुखमा टिकट पाएका दिनेश कोइरालाले आफूलाई बसाउन देउवाले प्रयास गरेको सूचना थाहा पाउना साथ मोबाईल स्वीच अफ गरिदिए । उनी फसादमा परे । चितवनमा पार्टीको तर्फबाट उम्मेदवार हुनेलाई केन्द्रीय सदस्य डा. प्रकाशशरण महतको हस्ताक्षरबाट टिकट वितरण गरिएको थियो । 
तर देउवाले पुन प्रचण्डलाई फोन गरेर पाँच बजे आफ्नै हस्ताक्षरबाट भरतपुर महानगरपालिकाको प्रमुखको उम्मेदवारी फिर्ता भएको विज्ञप्ती जारी गरे । २० गते ६ बजे पार्टी कार्यालयबाट वुढानिलकण्ठ पुगेका देउवा साँझ आठ बजे फेरी प्रधानमन्त्री निवास बालुवाटार छिरे। 
प्रचण्ड र देउवाबीच एक घण्टा गोप्य वार्ता भयो । वार्तामा भएको सहमति अनुसार देउवाले भरतपुर महानगरमा प्रचण्ड पुत्री रेणु दाहाललाई जसरी पनि जिताउने र अन्य नगरपालिकामा दुवै पार्टीबीच समिकरण, गठबन्धन र तालमेल गर्ने सहमति प्रस्ताव गरे । प्रचण्डको प्रस्ताव देउवाले त्यतिकै किन स्वीकार गर्थे र उनले भने चुनाव खर्च प्रचण्डले दिनु पर्ने प्रस्ताव गरे।
देउवाको प्रस्तावलाई पुरा गर्न प्रचण्डले उर्जामन्त्री जनार्दन शर्मामार्फत एउटा आकर्षक प्रस्ताव ल्याए । जस अनुसार उर्जा मन्त्रीले भोलीपल्ट वैशाख २१ गते मन्त्रीपरिषद् वैठकमा एउटा सुनको अण्डा फलाउने प्रस्ताव ल्याउने र त्यसमा कांग्रेसी मन्त्रीले बिरोध गर्न नपाउने प्रस्ताव गरे । त्यस्तो प्रस्ताव स्वीकारे वापत देउवाले ५० करोड नगद स्थानीय तहको निर्वाचन अघि नैं प्राप्त गर्ने प्रस्ताव आयो । सो अवसरमा प्रचण्डका साथमा रहेका छोरा प्रकाशले उर्जा मन्त्रालयले दुई करोड प्रति लिड बल्ब खरिद गर्ने र त्यसबापत एक अर्ब रूपैयाँ कमिसन प्राप्त हुने जनाए । एक अर्ब मध्ये आधा देउवाज्यूलाई र आधा रेणुलाई चुनाव जिताउन खर्च गर्न सकिने वताएका थिए।
प्रचण्डका सामू नैं प्रकाशको यस्तो आकर्षक प्रस्ताव आए पछि देउवाले सहर्ष स्वकार गरे र भने अप्ठेरो पर्छ कि भनेर जिज्ञासा पनि राखे तर प्रचण्डले चीनमा ३५ रूपैयाँमा खरिद गर्दै १५ रूपैयाँ कमिसन प्रतिगोटा आउँथ्यो भने भारतबाट ६५ रूपैयाँ प्रति गोटा खरिद गर्दा झनैं कमिशन बढ्ने तर क्याविनेटबाट निर्णय गरेपछि अदालतले पनि प्रश्न गर्न नसक्ने स्पष्ट पारेका थिए । 
सहमति अनुसार सोही साँझ देउवालले सहमतिलाई कार्यान्वयन पनि गर्नु प¥यो भनेपछि अधिकारी थरका गोरखाका एक व्यवसायीलाई चार खोकाको प्रवन्ध गर्न भनियो । आखिर त्यो चार खोका तयार गरेपछि सशस्त्र प्रहरीको गाडी र नेपाल प्रहरीको गाडीमा गरी करिब ५० कार्टुन नगद बुढानिलकण्ठ भित्राइएको थियो। आखिर के थियो त त्यो कार्टुनमा? एक सुरक्षाकर्मीका अनुसार २४ करोड नगद उक्त कार्टुनमा थियो। 
देउवाले स्थानीय तह निर्वाचनमा चुनाव खर्च जुटाउन समस्या परेको भनेर प्रचण्डसँग बारम्बार गुनासो गर्ने गरेपछि प्रचण्डले यस्तो स्रोत जुटाई दिएको बुढानिलकण्ठ स्रोतले बतायो । बाँकी २५ करोड भने प्रचण्डले चुनावको अघिल्लो दिन मात्र उपलब्ध गराउने योजना भएको स्रोतले बतायो । जनप्रहार साप्ताहिकमा खबर छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: