×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

हेर्नुहोस् टियुको बिजोग ! माष्टर्सको प्रश्नपत्रमा अनेकौं गल्ती ! विद्यार्थी भन्छन्, ‘माष्टर्सको विद्यार्थी भन्ननै लाज भो’ !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – त्रिभुवन विश्वविद्यालय, कहिले नक्कली परिक्षा काण्डमा फस्छ त कहिले प्रश्नपत्र नै किनबेच भएको लफडामा । यस्तै समस्या नै समस्या र विवाद नै विवादमा मुछिने गरेको त्रिभुवन विश्वविद्यालयको प्रश्न बनाउने क्रममा कतिसम्म लापरवाही हुन्छ भन्ने अर्को खुलासा भएको छ । २०७४ साल बैसाख २१ गते संचालन भएको स्नातकोत्तर तहको ‘इन्टर्नेशनल इकोनोमिक्स’ विषयको परिक्षाको प्रश्नपत्र हो यो । जहाँ प्रश्नपत्रमा अनेकौं गल्तीहरु भेटिएका छन् 

के के छन् त गल्ती ?
स्नातकोत्तर तहको परिक्षाको प्रश्नपत्रमा अनेकौं गल्तीहरु भेटिएका छन् । प्रश्न नम्बर ३ मा Dis-equilibrium हुनुपर्नेमा Dos-equilibrium छ । प्रश्नमा उल्लेख भएको Dos-equilibrium शब्दको कुनै अर्थशास्त्रीय अर्थ नै छैन । त्यसैगरी सोहि प्रश्नमा correction हुनुपर्नेमा carrectipit लेखिएको छ । जसको समेत कुनै अर्थ छैन । स्नातकोत्तरको प्रश्नपत्र भन्न नै लाज हुने शैलीमा प्रश्नपत्र बनाइएको छ । प्रश्न नम्बर ६ मा offer हुनुपर्नेमा after लेखिएको छ । अचम्म लागो कुरा त के छ भने छोटो प्रश्नकै ९ नं मा प्रश्ननै अधुरो छ । जसमा international पछि trade भन्ने शब्द हुनुपर्नेमा शब्द नै छुटेको छ।

के भन्छन् विद्यार्थी ?
यता त्रिभुवन विश्विविद्यालय अन्तर्गत उक्त परिक्ष दिएका विद्यार्थीहरुले प्रश्नपत्र हेरेर आफु स्नातकोत्तरको परिक्षर्थी भएकोमा नै हिनताबोध भएको बताएका छन् । ‘सर्वप्रथम त सो प्रश्न गलत हो कि सहि छुट्टाउनुनै गाह्रो भयो । प्रश्नले के भन्न खोजिएको नै बुझिएन । जसका कारणले परिक्षा हलमा मानसिक तनाव भयो भने अर्कोतर्फ कुन प्रश्न गर्ने भन्ने दोधारकाबीच परिक्षा दिंदा परिक्षा सोचेजस्स्तो परिक्षा दिन सकिएन ।’ एक विद्यार्थीले अर्थ सरोकार डटकमसँग भने । यता यस विषयमा बुझ्न खोज्दा त्रिभुवन विश्वविद्यालयका परिक्षा नियन्त्रक केशवराज बास्तोलासँग सम्पर्क हुन सकेन । 

यो पनि पढ्नुहोस्

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: