×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

माओवादी नेताको निर्मम हत्यापछी नमोबुद्धका मतदाताले भने ‘जनता मारेर कसलाई जिताउनु छ र ?’

  • अर्थ सरोकार सम्बाददाता 
काभ्रे -काभ्रेको नमोबुद्धमा २ जनाको अज्ञात समूहले माओवादी केन्द्रका एक स्थानीय कार्यकर्ताको गोली हानी हत्या गरेको  छ । शनिबार राती उक्त समूहले माओवादी केन्द्रका स्थानीय कार्यकर्ता नबराज पाठकको हत्या गरेको काभ्रेका डीएसपी नविन राइले पुष्टि गरेका छन् ।

पाठकको हत्या भएको पुष्टि हुँदापनि घटनालाई गुपचुप राख्न खोजिएको छ ।  विशेषगरी आजको निर्वाचनमा कुनै पनि खालको दखल नपरोस् भन्दै प्रहरीले नै घटना लुकाउन खोजेको देखिएको छ । यता यता माओवादी केन्द्रका पोलिटब्युरो सदस्य सूर्यमान तामाङले अर्थ सरोकार डटकमसँग कुरा गर्दै प्रहरीलेनै सुनियोजित तरिकाले हत्या गरेको आरोप लगाएका छन् ।उनको यो आरोपपछी पनि घटना लुकाउन खोजिएको स्थानीयहरुले आरोप लगाएका छन् ।

यता उक्त घटनापछी नमोबुद्धको निर्वाचन भने प्रभावित हुने देखिएको छ । मृतक पाठकको लास र घटनास्थलमा देखिएको उनको गिदी देखेका केहि जनताले स्थानीय तहको निर्वाचनमा भोट नहाल्ने बताएका छन् । ‘जनता मारेर हालिएको मतको के अर्थ भो ? आफ्नाहरुनै नरहेपछि कोहि जिते वा कोहि हारे के भयो र ?’ एक स्थानीयले अर्थ सरोकार डटकमसँग भनिन् ।    

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: