×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

माकुरी पर्यो जालैमा : ५० हजार घुस लिदैं गर्दा रंगेहात समातिए पर्साका जिल्ला शिक्षा अधिकारी !

  • अर्थ सरोकार सम्बाददाता 
वीरगन्ज – जिल्ला शिक्षा कार्यलय पर्साका जिल्ला शिक्षा अधिकारी केदार तिवारी घुस लिंदालिंदै रंगेहात पक्राउ परेका छन् । भवन निर्माणको बिल फस्र्योटबाट घुस लिदालिदैं तिवारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको काठमाडौंबाट आएको टोलीले पक्राउ गरेको हो । उनीसँगै बिहीबार उनीसँगै कार्यलयका इन्जिनियर नवलकिशोर झा पनि पक्राउ परेका छन् । 
गोप्य सुराकीको आधारमा अख्तियारको टोलीले उनीहरुलाई वीरगन्ज महानगरपालिका वडा नं. १ मा रहेको जिल्ला शिक्षा कार्यलयमा बिहीबार अपरान्ह घुस लिइरहेको अवस्थामा फेला पारेका थिए । जिल्लाको श्रीनेरा प्रावि मैरनपुरको तीनतले भवन निर्माणको विल फस्र्योटका क्रममा जिल्ला शिक्षा अधिकारी तिवारीले ५० हजार र इन्जिनियर झाले २० हजार नगद घुस लिइरहेका थिए । 
उक्त विद्यालयको तीनकोठे भवन निर्माणको १९ लाख ५० हजार बिल फस्र्योट गरेबाट उनीहरुले उक्त रकम घुस लिन लागेका थिए । उनीहरुलाई थप कारवाहीका लागि काठमाडौं लैजाने तयारी भइरहेको बताइएको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: