×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

भाइ फुटे, गवार लुटे ! बाबुराम र प्रचण्ड ‘भिड्दा’ गोरखामा कांग्रेसलाई फलिफाप !


  • अर्थ सरोकार इलेक्सन ब्यूरो 
गोरखा – नेपाली उखाननै छ, ‘भाइ फुटे, गवार लुटे’ ! यस्तै भएको छ गोरखामा । माओवादीले ११ वटा स्थानीय तहमध्ये दुईवटामा मात्रै जित हात पारेको छ भने गोरखाको सुलिकोट र शहीद लखन थापा गाउँपालिका बाहेक स्थानीय तहमा माओवादी केन्द्रले अन्यमा जित हासिल गर्न सकेन । 
यता चुमनुव्री, धार्चे, अजिरकोट, आरुघाट, गण्डकी, सिरानचोक र भीमसेन गाउँपालिका तथा गोरखा र पालुङटार नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवारले जित हासिल गरेका छन्  । अझ गोरखाको सन्दर्भमा रोचक कुरा त के छ भने माओबादीका उम्मेदवारले हारेका तहमा उसको र नयाँ शक्तिका उम्मेदवारको मत जोड्दा कांग्रेस निक्कै पछाडि हुन्छ । यसरी मिलेर जाँदा जितीने ठाउँमा पनि एक अर्कालाई सिध्याउने माओवादी र नयाँ शक्तिको रणनीतिको फाइदा यसटक गोरखाका कांग्रेसले लिएको छ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: