×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

‘आउनुहोस्, हामी सबै मिलेर देउवा र प्रचण्डलाई ‘Get well soon’ भनेर एसएमएस गरौँ !’

  • डीआर नेपाल 
देशको फोहोरी राजनीतिले ‘न्याय’लाई समेत अन्याय गर्यो । सरकारले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गर्यो । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका सांसदहरूले यो कार्यमा ‘औंठाछाप’ लगाए । नेपाली कांग्रेस र माओवादी केन्द्रका २४९ सांसदले हस्ताक्षर गरेको पत्रसँगै कार्की निलम्बित भएकी छिन् । ‘न्याय’ निलम्बित भएको छ । देशको न्यायपालिकामाथि प्रहार भएको छ । 
सरकारको कार्यकारी अधिकारमाथि हस्तक्षेप गरेको, आइजिपी प्रकरणमा पहिलोलाई दोस्रो र दोस्रो हुनेलाई पहिलो बनाई कामसु तोडमोड गरेर फैसला गरेको, न्यायालयको स्वतन्त्रतामा हस्तक्षेप गर्दै सिमित न्यायाधीसलाई इजलासमा राखेको आरोप लागेको छ । कार्की आउँदो जेठ २४ गते उनी अनिवार्य सेवानिवृत्त हुँदै थिइन् । 
देश लुटेर खान पल्केकाहरु न्यायका अगाडीनै अन्यायी भए । यसैकारण उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले पदबाट राजीनामा दिए । सत्तारूढ दल नेपाली कांग्रेस र माओवादी केन्द्रले प्रधानन्यायाधीश सुशीला कार्की विरूद्ध महाभियोग प्रस्ताव दर्ता गरेपछि उक्त निर्णय प्रतिआपत्ति जनाउँदै उनले आफ्नो पदबाट राजीनामा दिए । राप्रपाले समेत सरकार छोड्ने निर्णय गरिसकेको छ ।
देशमा आउन लागेको निर्वाचन नहुने लगभग निश्चित भएको छ । र यो सब खेलका मूख्य खेला सेर बहादुर देउवा हुन् । राजनीतिक हिसावले उनी नेपाली कांग्रेसजस्तो ठूलो पार्टीका सभापति हुन् । तर अहँ, उनले ठुलो हुनुको साख राखेनन् । नेपाली राजनीतिलाइ झन् फोहोरी बनाएर न्याय माथि हमला गरे ।
अव हामी अर्थात जनता जाग्ने बेला हो । हामी सुशिला कार्कीसँग हुनुपर्छ । न्यायका लागि हुनुपर्छ । आउनुहोस्, हामी सबै मिलेर प्रचण्ड र देउवाको स्वास्थ्य लाभको कामना गरौँ । उनको फोन नम्बर सार्वजनिक गरौँ र ‘Get well soon’ भनेर एसएमएस गरौँ !
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: