आजदेखि छ्याङदीको आइपीओ, यी हुन फारम बुझाउने ठाउँ, ५० देखि २७ सय कित्तासम्म भर्न पाइने !
Powered by Blogger.
आजदेखि छ्याङदीको आइपीओ, यी हुन फारम बुझाउने ठाउँ, ५० देखि २७ सय कित्तासम्म भर्न पाइने !

 
  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ - आज (आइतबार) देखि छ्याङ्दी हाइड्रोपावरको ५ लाख ४० हजार कित्ता आइपीओ बिक्री खुला भएको छ । ग्लोबल आइएमई क्यापिटलले बिक्री प्रबन्धकको काम गरेको यो साधारण सेयरको विक्री छिटोमा जेठ १८ गते र ढिलोमा जेठ २८ गते बन्द हुने बताइएको छ । 

कम्पनीले दिएको जानकारी अनुसार साधारण सेयरका लागि ग्लोबल आइएमई जमल, छ्याङदी हाइड्रोपावर गैरीधारा, ग्लोबल आइएमई बैंकको शाखा कार्यालय क्रमशः वीरगन्जको आदर्शनगर, कास्कीको न्यूरोड, नेपालगन्जको पुष्पलालचोक, मोरङको विराटनगर, बुटवलको मिलन चोक, धनगढीको कैलाली र कञ्चनपुरको महेन्द्रनगरबाट आवेदन भर्न र बुझाउन सकिनेछ भने काठमाडौं क्यापिटल मार्केट, प्रभु क्यापिटल कमलादी, जनरल फाइनान्सको काठमाडौंको न्यूरोड र चाबहिल शाखा कार्यालयमा पनि आवेदन भर्न र बुझाउन सकिने छ । 

यता, रिलयाबल क्यापिटल सुन्धारा, एनसीएम मर्चेन्ट कमलपोखरी, एनआइसी एसिया क्यापिटल बबरमहल, सानिमा क्यापिटल, सिभिल क्यापिटल कमलादी, भिबोर क्यापिटल पुल्चोक र आस्वा अनुमति पाएका बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट पनि आवेदन भर्न र बुझाउन सकिने बताइएको छ ।


Published Date : Sunday, May 28, 2017

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

, ,

Loading...