८६ वर्षीया चन्द्रमाया वडा सदस्यमा निर्वाचित !
Powered by Blogger.
८६ वर्षीया चन्द्रमाया वडा सदस्यमा निर्वाचित !

  • अर्थ सरोकार इलेक्सन ब्यूरो 
धादिङ - राजनीति गर्न उमेरले छेक्दैन भन्ने अर्को उदाहरण धादिङमा भेटिएको छ । धादिङको थाक्रे गाउँपालिकाकी ८६ वर्षीया चन्द्रमाया विश्वकर्मा वडा नम्बर ५ को वडा सदस्यमा निर्वाचित भएकी छिन् । उनी एमालेका तर्फबाट दलित महिला सदस्य पदमा ४ सय ९५ मत ल्याई विजयी भएकी हुन् । उनका प्रतिद्वन्द्वी नेकपा माआवादी केन्द्रकी सविना विकले ४ सय ७३ मत ल्याएकी थिइन् ।

८६ वर्षको उमेरमा जनताको सेवा गर्ने भावनावाट प्रेरित भएर उम्मेदवारी दिएपछि चन्द्रमाया जिल्लामै चर्चाको पात्र बनेकी थिइन्।

प्रकाशित मिति : Wednesday, May 17, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...