×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

भारतीय मिडिया यसरी बन्यो प्रचण्ड सरकारको मुखपत्र, झुठो समाचार छापेर एमालेको आलोचना !

पुष्पकमल दाहाल प्रधानमन्त्री बन्दा नेपालमा भन्दा खुसियाली भारतीय सञ्चार माध्ययममा देखिन्थ्यो । अहिले उनले राजीनामा दिँदा भारतीय सञ्चारमाध्यमले प्रचण्डको प्रसंशा गर्दै खुशी व्यक्त गरेका छन् ।
प्रहरी महानिरीक्षक, प्रधानन्यायाधीशमाथि महाअभियोग, एनसेल, एलइडी जस्ता कुरामा नेपालमा आलोचना खेपेका प्रचण्डको भारतीय सञ्चार माध्ययम हिन्दुस्तान टाइम्सले त्यतारित कुनै आलोचना गरेको छैन । बरु उसले प्रचण्डले मंगलबार नै संसद्लाई सम्बोधन गरेर राजीनामा दिने तयारी गरेपनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका कारण संसद्लाई सम्बोधन गरेर राजीनामा दिन नपाएको भनी झुटा समाचार प्रकाशन गरेको छ । हिन्दुस्तान टाइम्सले छापेको समाचार अनुवादसहितः
माओवादी विद्रोह हुँदै राजनेता बनेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बुधबार नेपालको प्रधानमन्त्री पदबाट राजीनामा दिए । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई अघिल्लो वर्ष उनीसँग सम्झौता भएअनुसार देउवाको नेतृत्वमा सरकार बनाउन मार्गप्रशस्त गरिदिए ।
६३ वर्षिय प्रचण्ड, जो राजनीतिमा प्रवेश गर्नुअघि एक दशक लामो विद्रोहको नेतृत्व गरेका थिए । उनले टेलिभिजन च्यानलबाट आफ्नो राजीनाको घोषणा गरे । र, औपचारिक रुपमा आफ्नो पदबाट राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राजीना दिए ।
‘मैले आज प्रधानमन्त्री पदबाट राजीनामा दिने घोषणा गरेँ । देशको उत्थान एवं एक राजनेता, सांसद र नागरिकका रुपमा जनताका उत्थानका निम्ति सक्रिय रहने प्रतिज्ञा गर्दछु ।’ प्रचण्डले देशबासीलाई सम्बोधन गर्दै बताए ।
‘म प्रधानमन्त्री बन्ने बेला नेपाली काँग्रेससामु आफ्नो प्रतिबद्धता पूरा गर्ने बचन गरेको थिएँ । म आफ्नो राजीना पत्र पेश गर्न राष्ट्रपतिकहाँ जाँदैछु ।’ उनले बताए । प्रचण्डले आफ्नो सरकारको उपलब्धिहरुबारे पनि उजागर गरे, जुन सरकारले ९ महिना पूरा गरेको थियो ।
राजीनामा स्वीकृत नहुन्जेलसम्म प्रचण्डले नै कार्यबाहक सरकारको नेतृत्व गर्नेछन् । नयाँ प्रशासन निर्माणका लागि व्यवस्थापिका–संसद्को सहमति चाहिन्छ । केही पर्यवेक्षकहरु बताउँछन् कि, संसदमा अवरोधका कारण नयाँ प्रधानमन्त्री चयन हुने प्रक्रियामा केही समय लाग्न सक्नेछ ।
प्रचण्डले मंगलबार नै संसद्लाई सम्बोधन गरेर राजीनामा दिने तयारीमा थिए । तर, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका कारण उनले संसद्लाई सम्बोधन गरेर राजीनामा दिन पाएनन् । एमालेले प्रचण्डको राजीनामाको विरोध गर्दै स्थानीय तहको चुनावको बीचमा राजीनामा गर्दा निर्वाचन आचारसंहिता उल्लंघन हुन्छ भन्यो । नेपालमा स्थानीय तहको दोस्रो चरणको निर्वाचन जेठ ३१ गते हुँदैछ ।
नेकपा माओवादी केन्द्रको अध्यक्षसमेत रहेका प्रचण्डले गएको साउनमा देउवासँग एउटा सम्झौता गरेका थिए । उक्त सम्झौतामा उनले आफू नौ महिना प्रधानमन्त्री बन्ने र त्यसपछि देउवालाई सत्ता सुम्पने कुरा उल्लेख थियो ।
देउवा त्यस्ता व्यक्ति हुन्, विगतमा उनी प्रधानमन्त्री हुँदा प्रचण्डलाई जीवित वा मृत रुपमा बुझाउनेलाई पुरस्कृत गर्ने घोषणा गरेका थिए । अब भने देउवा प्रधानमन्त्री भएपछि प्रदेश र केन्द्रीय तहको निर्वाचन उनैले गराउने छन् । स्थानीय तहको पहिलो चरणको निर्वाचन प्रचण्डले गराए र दोस्रो चरणको भने देउवाले गराउने छन् । नेपालमा स्थानीय तहको निर्वाचन दुई दशकको अन्तरालमा भएको थियो ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: