×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

कालीकोट घटना अपडेट : गोली लागेका धनरु बटालाको मृत्यु, ‘जनता मारा प्रहरी’ मुर्दाबाद भन्दै कालीकोटमा विरोध र्याली !

  • अर्थ सरोकार इलेक्सन ब्यूरो 
कालिकोट – कालिकोटको मालकोटमा दोहोरो भिडन्त हुँदा प्रहरीको गोली लागि घाइते भएका धनरु बटालाको मृत्यु भएको छ । अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य नरेन्द्र बिकले दिएको जानकारी हिजो प्रहरी र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताबीच झडप हुँदा गोली चलेको थियो भने नेकपाका कार्यकर्ताहरुसँग हार खाएर प्रहरीले हतियार छोडेर भागेको थियो ।
उनका अनुसार भिडन्तमा परी ८ जना घाइते भएका थिए । ‘ धनरू बटालाको निधन भएको पुष्टि भएको छ। उक्त बुथको सम्पूर्ण मतपत्र र मतपेटिकाहरु कम्युनिष्ट पार्टीका कार्यकर्ताहरुले जलाइदिएका छन् ।’ उनले भने ।

यता कालीकोट सदरमुकाममा रहेका पत्रकार प्रताप शर्माले भने प्रहरी कार्यालयले घटनाको ढाकछोप गर्न उद्धत भएको आरोप लगाएका छन् ।

यता गोली लागेका बतालाको मृत्यु भएपछि अहिले कालीकोटमा ‘जनतामारा प्रहरी मुर्दाबाद’ भन्दै विरोध भएको छ। 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: