×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

नेपाली सेनाको तस्विर दुरुपयोग गरेको कान्तिपुरले क्षमा माग्यो, अव कुलमानसँग कहिले माग्ला माफी ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – यसअघि कुलमान घिसीङको विरोध गरेर विवादमा आएको कान्तिपुर राष्ट्रिय दैनिक शुक्रबार पुन: विवादमा तानियो । शुक्रबार प्रकाशित पत्रिकामा उसले नयाँ शक्तिको लोगो हुनुपर्ने ठाउँमा अव हुनेवाला प्रधानसेनापति पूर्णचन्द्र थापाको तस्विर राखेर लापरवाहीको पराकाष्टा नै नाघेपछि जनमानसबाट विरोधको ओहिरोनै खेपेको थियो ।
कान्तिपुरको शुक्रबारको अंकमा पूर्णचन्द्र थापाको समाचारपनि उल्लेख थियो । ‘प्रधानसेनापति बन्न थापालाई बाटो खुला’ शीर्षकमा रहेको थापाको तस्विरलाई कान्तिपुरले ‘बर्चस्व एमाले कांग्रेसकै’ शीर्षकको समाचारको ग्राफिक्समा नयाँ शक्तिको लोगो हुनुपर्ने ठाउँमा लगेर राखेको थियो ।
प्राविधिक त्रुटी भएको भन्दै कान्तिपुरले प्रथम पृष्ठमा नै माफी मागेको छ ।
कान्तिपुरले गरेको भूलसुधारसँगै सामाजिक संजालमा कान्तिपुरले अव कुलमान प्रकरणमाचाहिं कान्तिपुरले कहिले माफी माग्ला भन्ने चर्चा चल्न थालेको छ ।  
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: