कुलमानको विरोध गर्ने कान्तिपुरको मनपरीले सीमा नाघ्यो, नयाँ शक्तिको लोगो हुनुपर्ने ठाउँमा नेपाली सेनाको तस्विर !
Powered by Blogger.
कुलमानको विरोध गर्ने कान्तिपुरको मनपरीले सीमा नाघ्यो, नयाँ शक्तिको लोगो हुनुपर्ने ठाउँमा नेपाली सेनाको तस्विर !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ - यसअघि कुलमान घिसीङको विरोध गरेर विवादमा आएको कान्तिपुर राष्ट्रिय दैनिक पुन: विवादमा तानिएको छ । शुक्रबार प्रकाशित पत्रिकामा उसले नयाँ शक्तिको लोगो हुनुपर्ने ठाउँमा अव हुनेवाला प्रधानसेनापति पूर्णचन्द्र थापाको तस्विर राखेर लापरवाहीको पराकाष्टा नै नाघेको छ ।

कान्तिपुरको शुक्रबारको अंकमा पूर्णचन्द्र थापाको समाचारपनि उल्लेख थियो । 'प्रधानसेनापति बन्न थापालाई बाटो खुला' शीर्षकमा रहेको थापाको तस्विरलाई कान्तिपुरले 'बर्चस्व एमाले कांग्रेसकै' शीर्षकको समाचारको ग्राफिक्समा नयाँ शक्तिको लोगो हुनुपर्ने ठाउँमा लगेर राखेको छ ।

पछिल्लो समय यसरी एक-एक गर्दै कान्तिपुरका गल्तीहरु बाहिरिंदै गएपछी कान्तिपुरलाई हेर्ने जनताको दृष्टिकोणनै बदली भएको विश्लेषकहरु बताउँछन् ।

प्रकाशित मिति : Friday, May 19, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...