×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नयाँ शक्तिलाई भोट हाल्न नपाएपछी करिश्माले आफ्नै पतिलाई गरिन् यस्तो ‘नमीठो’ गाली !

  • अर्थ सरोकार इलेक्सन ब्यूरो 

काठमाडौँ – २० बर्षपछी भएको स्थानीय तहको निर्वाचनमा नयाँ शक्तिलाई भोट हाल्न नपाएपछी नायिका करिश्मा मानन्धरले पति विनोद मानन्धरमाथि आक्रोश पोखेकी छिन् । पार्टीको केन्द्रीय सदस्य करिश्माले पति विनोद मानन्धरले आफूहरुका लागि गरेका हरेक कुरालाई ‘कृपा’ मान्नुपर्ने ? भन्दै आक्रोश पोखेकी छिन् ।
करिश्माले आफ्नो मतदाता नामाबली काठमाण्डौमा नभई राजबिराजमा पुगेपछि आक्रोश पोखेकी हुन् । पति विनोदले लाजिम्पाटबाट भोटिङ कार्ड लिदा आफ्नो र छोरीको मात्र बनाएको तर आफ्नो नबनाइदिएको समेत उनले उल्लेख गरेकी छिन् ।
उनले लेखेकी छिन्-‘हामी लाजिम्पाटमा बस्छौ । आफ्नो र छोरीको बसाई सराई गरेर उहाँले भोटिङ कार्ड लिनु भएछ । तर उहाँले मेरो पनि लिनुपर्छ भनेर जरुरी संझिनु भएन । मैले उहाँलाई यो बिषयमा सोधेँ, तर वास्ता गर्नु भएन । म आफै गएर ३ घन्टा लाइन बसेर रजिस्टर गरेँ । बसाई सराइको कागज थिएनँ, त्यसैले सप्तरीको लिस्टमा पुगेछ । न म राजबिराजको हो, न त म त्यहाँ कैले बसेके छु । कसरी गएर भोट दिने ? अरु सबै कुरामा उ मेरो मालिक होला, तर मेरो नैसर्गिक अधिकारमा पनि स्वामित्व जमाउन खोजेको मलाई सह्य भएनँ ।’
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: