×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

ओलीका कुरैमात्र ठूला, मतपत्र समेत पट्याउन जानेनन्… !

भक्तपुर-देशको दोस्रो ठुलो दल तथा प्रतिपक्ष पार्टी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आइतबार स्थानीय तहको निर्वाचनका लागि भक्तपुरको सूर्यविनायक नगरपाकिाल वडा नम्बर २ को बालकोटस्थित महेन्द्र शान्ति माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रबाट मतदान गरेका गरेका छन् ।
प्रमुख प्रतिपक्षी दलका नेता समेत रहेका ओलीले मत खसाल्दा देखिएको मतपत्रको अवस्था हेर्दा भने उनलाई मतदाता शिक्षाको कमी रहेको जस्तो देखिन्छ । त्यसैपनि अन्य मतदाताहरुले अहिलेको मतपत्र जटिल भएको भनेर गुनासो गरेका छन् । धेरैजसो सर्वसाधारण मतदाताले भोगेको समस्या एमाले अध्यक्ष ओलीले पनि भोगेको उनले मतपेटीकामा मतपत्र खसाल्दा खिचिएको फोटो हेर्दा देखिन्छ ।
तस्वीरमा राम्रोसँग हेर्नुभयो भने ओलीले मतपत्र पट्याउन नजानेको प्रस्टै देख्न सकिन्छ । निर्वाचन आयोगले दिएको शिक्षाअनुसार आफूलाई मनपरेको उम्मेदवारको चुनाव चिह्नमा मतदान गरिसकेपछि मसी नलतपतिने गरी मतपत्र पट्याउनु पर्छ । त्यो बेला मतपत्रमा भएका चुनाव चिह्नहरु मतपत्रको भित्रि भागमा पर्नुपर्छ । आयोगले भनेअनुसार चुनाव चिह्न भित्र पर्ने गरी ९सुल्टो तरिकाले० मतपत्र पट्याउनुपर्ने हो ।
तर, एमाले अध्यक्ष ओलीले पट्याएर मतपेटीका खसाल्न लागेको मतपत्रमा भने बाहिरै चुनाव चिह्न देखिन्छ । निर्वाचन आयोगका एक अधिकारीका अनुसार ओलीले जस्तो गरी मतपत्र पट्याउनु मतदाता शिक्षाको कमी हुनु हो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: