'काँग्रेस–माओवादीलाई रेल चढाएर एक फन्को पोखरा घुमाउने रहर छ'
Powered by Blogger.
'काँग्रेस–माओवादीलाई रेल चढाएर एक फन्को पोखरा घुमाउने रहर छ'

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ - नेकपा एमालेका अध्यक्ष केपी ओलीले कांग्रेस- माओवादीलाई रेल चढाएर एक फन्को घुमाउने रहर भएको बताएका छन् । बुढानीलकण्ठ नगरपालिकाको चुनावी सभालाई बुधबार सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै उनले स्थानीय तहमा जितेपछि पार्टीको प्रतिवद्धता अनुसार काठमाडौंमा रेल कुदाइने ओलीले बताए । ‘हामीले चुनाव जितेपछि हाम्रै पालमा अरु पार्टीका नेताहरुलाई रेल चढाएर एक फन्को पोखरा घुमाएर काठमाडौं ल्याउँछौं’, ओलीले भने ।

एमालेको तर्फबाट मेयरमा दाबी गरेका नेता कुसुम भट्टराईले एमाले जितको नजिक पुगिसकेको बताए । ‘बुढानीलकण्ठका नगरबासीले एमाले चाहेका छन्, हाम्रो जित सुनिश्चित छ’, सभालाई सम्बोधन गर्दै भट्टराईले भने ।

प्रकाशित मिति : Thursday, May 11, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

, , ,

Loading...