×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भारतको चम्चागिरी गरेर नेपाली कम्पनीलाईनै सिध्याउन, नेपाली कम्पनीकै यस्तो हर्कत !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १८ बैशाख २०७४, सोमबार

PRIME CA
laxmi sunrise bank

भारतको चम्चागिरी गरेर नेपाली कम्पनीलाईनै सिध्याउन, नेपाली कम्पनीकै यस्तो हर्कत !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – भारतमा उत्पादन हुने कुरकुरेको वितरणलाई लिएर निस्केको विवाद अन्तत अदालत पुग्ने भएको छ । वितरक र साहायक वितरकबीच मतभेद हुँदा यस्तो स्थिति आएको हो । उक्त जंक फुड वितरण गर्ने मूख्य वितरक र्यांक ट्रेड प्रालीले लिएकोमा उक्त ठाउँमा एडभान्टेज इन्टरनेसनल प्रालिले वितरण जिम्मा लिएपछि विवाद उत्कर्षमा पुगेको हो ।
कमिसनमा विवाद 
अर्थ सरोकार डटकमलाई प्राप्त खबर अनुसार अहिले नयाँ वितरकले कमिसन नै घटाएपछी विवाद उत्कर्षमा पुगेको हो । पहिलेको मुख्य वितरकले सहायक वितरकहरुकालागि साढे सात प्रतिशत दिने गरेको र किनेको विलबाट थप एक प्रतिशत जोडेर साढे आठ प्रतिशत नाफामा सहायक वितरकहरुले कारोबार गरिरहेको स्थितिमा नयाँ मुख्य वितरक एडभान्टेजले मार्जिन घटाएर मात्रै माल दिन सक्ने शर्त राखेपछि विवादले चरम रुप लिएको हो । 
‘पैसा सबै भारतको । भारतको चम्चागिरी गरेर नेपाली कम्पनीलाई डुबाउने खेल भयो ।’ एक वितरकले अर्थ सरोकार डटकमसंग भने, ‘एडभान्टेजले भारतको चम्चागिरी गरेर हाम्रा मजदुर मार्ने प्रयास गरेको छ । अझ ११ सहायक वितरकहरुले र्यांकसँगको कारोबारका क्रममा बैक ग्यारेन्टी राखेर मुख्य वितरकको पैसा नडुब्ने निश्चितता प्रदान गरेका थिए । अहिलेको नयाँ वितरक जसरी हुन्छ नेपाली मजदुरहरुलाई मार्नुपर्छ भन्ने उदेश्यबाट प्रेरित छ ।’

वितरकको बसमासी तर उल्टै धम्की !


लोहनी ट्रेडर्स, गन्डकी ग्लोबल ट्रेड लिंक, स्वर्णीम ट्रेडर्स, भिजन इन्टरनेसनल सप्लायर्स, एलएस ब्रदर्श शुभलक्ष्मी ट्रेड कन्सर्न, शुभलक्ष्मी मार्केटिङ, नेस ट्रेडर्स, कल्याणकारी ट्रेडर्स, एसपी ट्रेडर्स लगायतका कम्पनीहरुलाई मारमा पारेर तीनका मजदुरहरुलाई समेत मार्ने काम भएको भन्दै कम्पनी विरुद्ध विभिन्न साहायक वितरकहरु अदालत जाने भएका हुन् । ‘हामी कुनै पनि हालतमा स्टे अर्डर जारी गराएर पनि कम्पनीको गलत धन्दाको पर्दाफास गर्नेछौं ।’ वितरकमध्येका एकले अर्थ सरोकार डटकमसँग भने । 
यता नयाँ वितरक एडभान्टेजले बदमासी गरेपनि उल्टै धम्की दिने गरेको सरोकारवालाहरुको आरोप छ । कम्पनीका एमडी रोहीत कोहलीले वरुण वेभरेजका समेत पूर्व कार्यकारी अधिकृत भएकाले आफ्नो पहुँच धेरैमाथि रहेको भन्दै निरन्तर सम्बन्धित सहायक वितरकहरुलाई धम्की दिइरहेका छन् । यसविषयमा बुझ्न पटक पटक सम्पर्क गर्न खोज्दा समेत सम्बन्धित कम्पनीका कोहि व्यक्तिपनि मिडियासामू आउन चाहेनन्।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: