मैलुङ खोलाको आइपीओ स्थानीयबासीलाई बिक्री खुला, जेठ ३१ गतेसम्म भर्न पाइने
Powered by Blogger.
मैलुङ खोलाको आइपीओ स्थानीयबासीलाई बिक्री खुला, जेठ ३१ गतेसम्म भर्न पाइने


  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं- मैलुङ खोला जलविद्युत कम्पनीले स्थानीय बासिन्दालाई बुधबारदेखि आइपीओ बिक्री खुला गरेको छ । कम्पनीले रसुवा जिल्लाका आयोजना प्रभावित स्थानीयहरुलाई आइपीओ खुला गरेको हो । 

कम्पनीले खुला गरेको १०० रुपैयाँ दरको कुल ३ लाख ६८ हजार १४४ कित्तामध्ये १ लाख ८४ हजार ७२ कित्ता अति प्रभावित हाकु, डाँडागाँउ र रम्चे गाविसका स्थानीय बासिन्दा र बाँकी १ लाख ८४ हजार ७२ कित्ता रसुवा जिल्लाका अन्य गाविसका बासिन्दालाई बिक्री गरेको कम्पनीले जनाएको छ ।

आईपिओंका लगानीकर्ताले रसुवास्थित जनता बैंकको धुन्चे, प्रभु बैंकको स्याप्रुबेसी, आइसीएफसी फाइनान्सको कालिकास्थान (रसुवा), हिमालयन बैंकको बेत्रावती शाखा र मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेड, डाँडागाँउ–७ बाट आवेदन फारम लिन र बुझाउन सक्नेछन् ।

सिद्धार्थ क्यापिटल बिक्री प्रबन्धकरहेको यो आइपीओं मैलुङको आइपीओमा जेठ ३१ गतेसम्म आवेदन दिन सकिनेछ । यो आइपीओमा ५० देखि १८ सय ४० कित्तासम्म आवेदन दिन पाइनेछ । 


Published Date : Wednesday, May 31, 2017

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...