×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

इन्जिनियर ठानेर बिहे गर्दा १० पास परेपछि…

काठमाडौं – इलाम घर भई ललितपुर बस्ने शिला शर्मा (नाम परिवर्तन) को करिब एक वर्षअघि रमेशप्रसाद तिमिल्सिनासँग फेसबुकमार्फत चिनजान भयो । फेसबुक च्याट हुँदै उनीहरु साथी बने । तिमिल्सिनाले आफू हाइड्रो इन्जिनियर भएको र ठूलो कम्पनीमा काम गर्ने बताएका थिए । त्यही ‘प्रोफाइल’ का आधारमा युवती उनीसँग निकट भएकी थिइन् । भर्चुअल दुनियाँबाट झन् नजिक हुँदै उनीहरु भेटघाट गर्न थाले ।
मिठा कुरा गर्ने तिमिल्सिनाले शिलालाई सजिलै प्रभावमा पारे । छोटो अवधिमै उनीहरु प्रेमी प्रेमिका बने । काठमाडौंमा घर भएको इन्जिनियर केटो भनेपछि परिवारले पनि तिमिल्सिनासँग उनको बिहे गराउन हतार गरे । गत फागुनमा उनीहरुको बिहे पनि भयो ।
बिहेमा घर–परिवार व्यस्त भएकाले आउन नपाएको तिमिल्सिनाले बताएका थिए । आफ्ना साथीहरु आफन्त भन्दै उनले बोलाएका थिए । जसले गर्दा शिलाको परिवारमा बिहेकै दिनमा शंका उत्पन्न भएको थियो । बिहेको करिब २ महिनापछि श्रीमानको झोलामा शिलाले बीमासम्बन्धी कागजपत्र भेट्टाइन् । केही बच्चाहरुको बीमा गरेको कागज थियो, जसमा आफ्नो श्रीमानको नाम बुबा भनेर उल्लेख थियो । पहिलेदेखि नै श्रीमानको व्यवहार उनलाई केही शंकास्पद लागेको थियो । त्यो कागज देखेर उनी झस्किइन् ।
श्रीमानसँग केरकार गर्दा उनले पहिले नै बिहे गरिसकेको र सन्तानसमेत रहेको खुल्यो । त्यसपछि उनी माइती गइन् । माइतीमा सल्लाह गरेर श्रीमानविरुद्ध उजुरी दिएकी छन् । महानगरीय प्रहरी परिसर ललितपुरले तिमिल्सिनालाई गत २१ वैशाखमा पक्राउ गरेर छानबिन गरिरहेको नयाँ पत्रिकामा खबर छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: