×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सुरु भयो मतदान ! तपाईं कुनबेला जाने ?

काठमाडौं – करिव २० बर्षपछी स्थानीय तहको निर्वाचन आज ३४ जिल्लामा सम्पन्न हुँदैछ । विहान ७ बजेबाट मतदान सुरु हुने निर्वाचन आयोगले बताएको छ । पहिलो चरणको निर्वाचनअन्तर्गत प्रदेश नम्बर ३, ४ र ६ का २८३ स्थानीय तहमा स्थानीय जनप्रतिनिधि चयनका लागि मतदान हुन लागेको हो । मतदान बेलुका ५ बजेसम्म जारी रहनेछ ।
मतदानको तयारी सकिएको आयोगले जनाएको छ ।  ३ हजार ९२२ मतदान स्थलका ६ हजार ६४१ मतदान केन्द्रबाट मतदाताहरुले आफूले चाहेको उम्मेदवारलाई मत दिनेछन् जसका लागि ४९ लाख ५६ हजार ९ सय २५ मतदाता छन् । मतदानका लागि झण्डै चार हजार मतदान स्थल तोकिएको छ । 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: