×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

दोलखामा एमाले उम्मेदवारको छोराको हत्या ! माओवादी केन्द्रका कार्यकर्ताले भाला र खुकुरी प्रहार गरेको आरोप !

  • अर्थ सरोकार सम्बाददाता 

दोलखा- दोलखामा एमाले उम्मेद्वाको छोराको हत्या भएको छ ।  दोलखाको गौरीशंकर गाउँपालिका-२ स्थित जुगुमा चुनाव प्रचारप्रसार सकेर होटलमा बसिरहेका एक एमाले कार्यकर्ताको हत्या भएको हो । जुगुमा रहेको एक होटलमा बसिरहेका ३३ वर्षीय कुल बहादुर तामाङको हत्या भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । तामाङ गौरीशंकर गाउँपालिकाका एमाले उम्मेदवार रहेका गोरे तामाङका छोरा हुन् । उनलाई गएराति करिव साढे ८ बजेतिर माओवादी केन्द्रका कार्यकर्ताले भाला र खुकुरी प्रहार गरी हत्या गरेका दोलखा एमालेले आरोप लगाएको छ ।
गएराति चुनावी प्रचारप्रसार सकेर जुगुमा रहेको एक होटलमा खाना खान लाग्दा माओवादी केन्द्रका कार्यकर्ता आइ कुलबहादुर लगायत अन्य ७/८ जनामाथि आक्रमण भएको होटल सञ्चालिका चन्द्रमाया जिरेलले बताएकी छन् । उनले भनिन्, ‘राति खानाको अर्डर थियो। म पकाउँदै थिए । एक्कासी २०/२५ जना आएर मेरो घरको जस्ता उतार्न थाले र खाना खान बसेकालाई आक्रमण गर्न थाले । म डरेले ४, ७ र १० वर्षका बच्चा समातेर खाटमुनि लुकेँ । पछि के के भयो थाहै भएन ।’
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: