×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

‘भ्यालुएटर’लाई थुनेपछी नबिल बैंकमा यस्तो रडाको, इन्जिनियरहरु आन्दोलनमा !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – कर्जा लिने बेला बेला गरिने ‘प्रोपर्टी भ्यालुएसन’ गर्ने इन्जिनियरहरुले आन्दोलन सुरु गरेपछि नबिल बैंकमा रडाको मच्चिएको छ । बैंकले बदनियत ढंगले आफुहरुलाई फसाउन लागेको भन्दै इन्जिनियरहरुले बैंकमा आन्दोलन सुरु गरेका हुन् । बैंकले आफ्नो गल्ती र कमजोरी ढाकछोप गरी आफुहरुलाई झुट्टा मुद्धा लगाएर बैंकिङ कसुरमा फसाउन लागेको भन्दै इन्जिनियरहरुले बैंकको परिसरमै धर्ना दिएपछी नबिलमा रडाको मच्चिएको हो ।
‘बैंकले केहि समय केहि भ्यालुएटर साथीहरुलाई प्रहरी लगाएर थुनाउने काम गरेको थियो । हाम्रा साथीहरुलाई झुट्टा मुद्धा लगाउने काम भएको छ । हाम्रो आन्दोलनमा इञ्जिनियर एशोसिएसनको समेत समर्थन छ । हाम्रा साथीहरुमाथि लगाइएका झुट्टा मुद्धा फिर्ता नलिएसम्म हाम्रो आन्दोलन जारी रहनेछ ।’ अर्थ सरोकार डटकमसँग कुराकानी गर्दै एक इन्जिनियरले भने ।

इन्जिनियर्स एसोसीएसनले निकाल्यो यस्तो विज्ञप्ति !



यता आफ्ना साथीहरुलाई विभिन्न आरोपसहित मुद्धा लगाइएकोमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताउँदै नेपाल इन्जिनियर्स एसोसीएसन् ले विज्ञप्तिनै जारी गरी घटनामाथि आपति जनाएको छ । ‘केही बैंक तथा वित्तीय संस्थाहरूबाट एकतर्फीरुपमा विभिन्न किसिमका झुट्टा अभियोग लगाई दुःख दिने कार्य गर्दै आइरहेको घटनाप्रति एशोसिएसनको गम्भीर ध्यानाकर्षण भएको छ । सम्पत्ति मूल्यांकनकर्ता इञ्जिनियरहरूलाई प्रतिवाद गर्ने तथा सुनुवाइको मौका नदिई बैंक तथा वित्तीय संस्थाहरूले आफ्नो गल्ती एवं कमजोरी ढाकछोप गर्न स्वेच्छाचारीढंगबाट एकतर्फी कारबाही चलाउने प्रवृत्ति तत्काल रोकिनुपर्छ ।’ विज्ञप्तिमा भनिएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: