×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नमोबुद्ध नगरपालिकाको वडा नम्बर १ मा कांग्रेसका कर्म ग्याल्बो लामा वडा अध्यक्षमा निर्वाचित !

  • अर्थ सरोकार सम्बाददाता 
काभ्रेपलान्चोक- नमोबुद्ध नगरपालिकाको वडा नम्बर १ मा नेपाली कांग्रेसका कर्म ग्याल्बो लामा वडा अध्यक्षमा निर्वाचित भएका छन् । नेकपा एमाले, माओवादी केन्द्र लगायतबाट उम्मेदवारहरुलाई हराउँदै नेपाली कांग्रेसका उम्मेदवार कर्म ग्याल्बो लामा वडा अध्यक्षमा निर्वाचित भएका हुन् ।
नमोबुद्ध नगरपालिका वडा नं 1को अन्तिम मत परिणाम ! बिहिबार सकिएको मतगणणाको अन्तिम परिणाम हेर्ने हो भने एमालेले ४४९ मत ल्याउँदा कांग्रेसले ५०८, माओवादी केन्द्रले १४५, राप्रपाले ५ र नयाँ शक्तिले १४ मत ल्याएका थिए । 
यता काभ्रेको नमोबुद्ध नगरपालिकाको मेयर पदका लागि भने मतगणना जारी छ । मेयरको लागि नेकपा एमाले र नेपाली कांग्रेसको तीब्र प्रतिष्पर्धा छ । जसमा एमाले अगाडी छ । 
यता रोशी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका दलबहादुर लामा विजयी भएका छन्। ४ हजार ३ सय ४२ मत ल्याएर उनी अध्यक्ष पदमा विजयी भएका हुन्।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: