×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

प्रचण्डभित्र ‘गिरिजाबाबु’ !

  • नरेन्द्र चुदाली
प्रचण्ड ! राष्ट्रिय राजनितीका एक त्यस्ता पात्र हुन् । जसको देशमा आएको परिवर्तनमा महत्त्वपूर्ण हक लाग्छ । दस बर्ष लामो ससस्त्र द्वन्द्वबाट उब्जिएका प्रतिकुल प्रभावलाई एक ठाउंमा थाती राख्ने हो भने राष्ट्रिय जिवनमा र जनअधिकारको संरक्षणमा उनको महत्त्वपूर्ण भुमिका रहेको छ भन्नू न्यायोचितनै हुन्छ । कुनैबेला निकै अस्थिर नेताको पहिचान बनाएका प्रचण्ड पछिल्लो समयमा निकै सन्तुलित र परिपक्क नेताको परिचय दिन थालेका छन् । 
संविधान निर्माण , दलिय सह मती, असन्तुष्ट पक्षसंगको समन्वय र सहकार्यदेखि पछिल्लो समय सरकार संचालनमा उनले देखाएको गम्भिर्यता र जुझारुपन लाई मुल्यांकन गर्दा उनी कुशल राजनितिग्यको रुपमा अगाडि आएका छ्न् । अझ उनको दोश्रो सरकार संचालन को रिभ्युलाई हेर्ने हो भने निकै उत्कृष्ट मान्न सकिन्छ । 
सार्बजनिक सेवा प्रवाह, सुशासन, शान्ती सुरक्षा , पारदर्शिता ,भ्रष्टाचार नियन्त्रण निकै अब्बल देखिएको सरकारले लोडसेडिङको अन्त्य गरेर जनतालाइ ठूलो राहत प्रदान गर्न सफल भयो । सायद प्रचण्डको इमान्दारिता र इच्छा शक्ति नभएको भए यति छिटै यो प्राय असम्भव नै थियो । ३ दशकपछि पहिलो पटक आर्थिक वृद्धिदर ७ प्रतिशतको हाराहारिमा पुर्याउनु चानचुने काम होइन । प्रचण्डले सरकार गठनको सुरुवाती दिनहरु देखिनै राष्ट्रिय गौरवका आयोजना हरुमा गरेको निरन्तरको अनुगमन र निर्देशनबाट ति परियोजनाहरुमा आएको उत्साहप्रद प्रगती, पुन निर्माणमा भएको प्रगती लगायतका प्रयासबाट यो वृद्धिदर सम्भव भयो। 
त्यसैगरी मूल्य वृद्धिदर लाई ३ प्रतिशतमै खुम्च्याउन सक्नुपनि प्रचण्ड सरकारको उपलब्धि पुर्ण कार्य हो । पुजिगत खर्चमा आएको वृद्धि , स्वास्थ क्षेत्र, उर्जा क्षेत्र ,सवारी लाइसेन्स वितरणमा आएको सुधार, श्रम स्विकृतीमा भएको व्यावस्थापनलेपनि जनतालाई ठूलो राहत मिल्यो । फास्ट ट्रायकमा भएको प्रगति, विदेशमा अलपत्र युवाहरुको उद्दरमा देखाइएको तदारुपतालाई सबैले प्रशंशा गरिरहेका छन् ।
यी यावत कुराहरुमा उत्साहपुर्ण सुधार ल्याएको सरकारले २ दशक पछि स्थानीय तह निर्वाचन सम्पन्न गरेर आफ्नो एतिहासिक जिम्मेवारी पूरा गरेर संविधान कार्यान्वयनको सवालमा ठूलो फड्को मारेको छ । यद्यपि निर्वाचन एकै चरणमा सम्पन्न हुन नसकेपनी मधेस केन्द्रित दलहरुलाइ सहमतिमा ल्याउन प्रचण्डले देखाएको अभिभावकत्व र सक्रियताको प्रशम्सा गर्नैपर्छ । 
आफ्नो पार्टि कमजोर हुने आकलन हुदा हुँदै जोड बल का साथ निर्वाचन गर्ने हिम्मत गरेका प्रचण्डमा एउटा राष्ट्रिय नेताको छवि झल्किएको छ । पछिल्लो समय मौलाएको दलगत स्वार्थलाई अन्त्य गर्दै प्रचण्डले राष्ट्रहित लाई प्राथमिकता दिएर जनताको मन जितेका छ्न ।कुनै बेला प्रचण्डले आफुलाइ गिरिजा संग तुलना गर्ने गरेको भएपनी त्यो बेला प्रचण्डको गतिविधिले त्यस्तो तुलना सान्दर्भिक देखिएको थिएन । 
तर अहिले प्रचण्ड देखाएको इमान्दारीता र राष्ट्र प्रेमले त्यो तुलनालाई पुष्टि गरेको छ भन्न मिल्छ । आइजिपी कान्ड, माहाअभियोग लागायत केही कारण बाट प्रचण्ड आलोचित बनेपनी त्यसमा प्रचण्ड गठबन्धन सरकारको बाध्यतामा परे । समग्र रुपमा हेर्दा उनको सरकार लोकतान्त्रिक परिवर्तनपछि बनेका सरकारहरु मध्ये उत्कृष्ट रहयो भन्न सकिन्छ । राजनितिमा इमानदारीता र नैतिकताको खडेरी बिकराल बन्दै गएको अबस्थामा सहमती बमोजिमनै आफ्नो साझेदार घटक लाई सरकारको बाटो प्रसस्त गरिदिएर प्रचण्डले बेइमान राजनीतिको ‘आइस ब्रेक’ गरेका छ्न । 
प्रचण्डका पक्षमा यी शब्दहरु लेख्दै गरेको पंक्तिकार माओवादी पार्टीप्रति आस्था भएर प्रचण्डलाई समर्थन गरेको भने पक्कैपनि होइन। मात्र प्रचण्डले देश र जनताको पक्षमा महत्त्वपूर्ण काम गरेकोले पंक्तिकार माओवादीभन्दा फरक आस्थामा लागेको भएपनी प्रचण्डको समर्थन गरिरहेको छ । र जति राम्रो काम गरेपनी फरक पार्टिलाई सकि नसकी उछितोनै काट्नुपर्छ भन्ने प्रवृत्तिमा पंक्तिकारले ‘ब्रेक-थ्रु’ चाहेको छ । किनकी हाम्रो मानसिकता समृद्ध नभईराष्ट्र समृद्ध हुँदैन । भावी प्रधानमन्त्रीलाई सफल कार्यकालको शुभकामना ! धन्यवाद प्रचण्ड !
लेखक नरेन्द्र चुदालीका यी लेखहरु छुटाउनुभयो कि ?
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: