×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सेयर लगानीकर्ताले यी कुरा नबुझे, भुइँको टिप्दा पोल्टाको खस्ला नि !

  • नवराज घिमिरे, लगानीकर्ता/ विश्लेषक
म नेपाली पूँजी वजार संग २०६४ सालबाट नजिक छु । बजार बड्छ भनेर बड्ने घट्छ भनेर घट्ने त होइन । आधारभुत पक्षहरु कमजोर हुदै जादा नेपाली पूँजी वजारपनि कमजोर हुँदै जान्छ । यदि कमजोर भएमा चारैतिरबाट आक्रमण गर्न सजिलो हुन्छ । अहिले त्यही भएको हो । हामी सामाजिक सन्जालबाट ब्यापक दबाब सिर्जना गर्न सक्छौ । आजको दिनमा सामाजिक सन्जाललाई कमजोर नठानौ । कसैलाइ बेच्नुस् वा किन्नुस भन्ने वा बजार बड्छ वा घट्छ भनेर पोस्ट गर्ने हामीहरु त्यस्तो बेतुकको कुरा गर्न छोडौ ।

अनलाइन , RWS , मार्जिन ल्याण्डिड: , मार्केट मेकर , NRN , क्लिरिड: बैक भित्र्याउने लगायतका कुराहरुमा आवज बुलन्द गरौ । नीति निर्माताको तहमा बसेकाहरुले हामी लगानीकर्ताको हित पूर्ण रुपले हेरेका छैनन्। उनीहरुलाई अर्थतन्त्र र बजारको कति ग्यान छ वा छैन उनैले जानुन् । तर सबै नियामक निकाय तथा  बैंकहरु अहिले बचपना देखाउदैछन् । त्यसैले रोदन होइन, बिरोध गरौ । होइन भने नेपाली सेयर बजारमा भुईको टिप्दा पोल्टाको खस्ने निस्चित छ ।
बैङ्क भन्ने यस्तो साहु हो – जस्को एउटा हातले ऋणीको पाउ समातेको हुन्छ भने अर्को हात घाटीमा हुन्छ । अझ भनौ बैंक त हाम्रोलागि यस्तो साथी हो जो घाम लागेको वेला छात दिन्छ र पानी परेको वेला छाता खोस्छ । त्यसैले हामी लगानिकर्तानै सचेत रहन जरुरी छ । बैंकसँगको कारोवार गर्दा पक्कैपनि विवेक पुर्याउन जरुरी हुन्छ ।
विगतमापनि नेप्सेले एक वर्षको विचमा ‘डबल टप’ वनाएको ईतिहास छ । वि. स. २०६४ असोजमा करिव १०३० रहेको नेप्से २०६४ को फाल्गुणमा ६५० को हाराहारीमा झरेको थियो । तर छ महिनाको छोटो अवधिमा पुन वुलिस वन्दै वि. स. २०६५ भदौ १५ गते नेप्से १२०० नजिक पुगेको थियो । 
मनै अमिलो भएपछि जिब्रोमा जेरी नै हाले पनि गुलियो हुँदैन ।”समय धेरै लागेपनि सही कुरा बल्ल निस्कियो गधा लाई धोएर “गाई” बन्न सक्दैन , भने झै गत साउन १२ गते १८८१ अंकमा पुगेको बेला लगानीकर्ताले अन्य क्षेत्रमा गरेको लगानीलाई खुम्चाउँदै शेयर बजारमा लगानी गरेका थिए । त्यतीबेला लगानीकर्ताले शेयर बजार मापक नेप्से २२ सय अंक पुग्ने आकलन गरेका थिए । तर, नेप्से १९ सय पुग्न नपाउँदै गत फगुन १ गते १२५२अंकमा ओर्लिएको थियो । आईतवार आइपुग्दा शेयर बजार १६ सय ५० अंकमा छ । गत साताको सुरुमा नेप्से १७ सय अंक नाघेर पुन फर्कियर आएको हो । उक्त साताको अन्त्यतिर अर्थात बुधबार र बिहीबार नेप्सेमा वृद्धि भएको थियो । अब नेप्से बढने अनुमान लगानीकर्ताले गरेका छन् । 
नेप्से नबढेको करिव ७ महिना भएकाले अब गति लिनेमा हामी लगानीकर्ता ढुक्क छौ । सेयर वजारको १४ वर्षको ईतिहास केलाऊने हो भनेपनि शेयर घट्ने सिजन यो वर्ष सकिएको छ । त्यसैले त शेयर बजारमा लगानीकर्ता भित्रिन थालिसकेका छन । बैंकमा लगानी योग्य पुँजीको अभावको समस्या बिस्तारै सहज हुन थालेकाले पनि शेयर बजार बढने अनुमान गर्न सकिन्छ ।
नवराज घिमिरेका यी विश्लेषण छुटे कि ?
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: