×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

एनसीसी बैंकलाई अदालतको अर्को आदेश, ‘एपेक्सको सम्पूर्ण खाता छुट्टै राख्नू’

एनसीसी बैंकले आफूसँग गाभिएको एपेक्स डेभलपमेन्ट बैंकको सम्पूर्ण खाता छुट्टै राख्नुुपर्ने भएको छ । उच्च अदालत पाटनका न्यायाधीश राजेन्द्र सुवेदीको एकल इजलासले वैशाख २८ गते बिहीबार एनसीसीको नाउँमा अन्तरिम आदेश जारी गर्दै एपेक्स डेभलपेमन्ट बैंकको हिसाब छुुट्टै राख्न आदेश दिएको थियो । सोही मुद्दामा यही जेठ ९ गते मंगलबार भएको सुुनुुवाइमा न्यायाधीशद्वय प्रमोदकुुमार वैद्य र रमेशकुमार खत्रीको संयुुक्त इजलासले एपेक्सको सम्पूर्ण खाता छुट्टै राख्ने गरी यसअघि दिएको आदेशलाई नै निरन्तरता दिएको हो ।
एनसीसीले एपेक्स डेभलपमेन्ट बैंकलाई गाभेपश्चात् एनबी समूहले एनसीसी बंैकविरुद्ध पाटन अदालतमा मुद्दा दायर गरेको थियो । एनबी समूहअन्तर्गतको एनबी मार्केटिङ कम्पनी, सांग्रिला इन्भेष्टमेन्ट कम्पनी, जेनिथ इन्भेष्टमेन्ट कम्पनीसहितका कम्पनीहरुले एनसीसी बैंक, पीवाईसी एसोसिएट्स एण्ड चार्टर्ड एकान्टेन्स कम्पनी र नेपाल राष्ट्र बैंकसमेतलाई विपक्षी बनाएर यही वैशाख २४ गते उत्प्रेषणसम्बन्धी मुद्दा दायर गरेको थियो ।
तत्कालीन समयमा एनसीसीले एपेक्सलाई गाभ्दा पीवाईसी एण्ड एसोसिएट्स कम्पनीले एपेक्सको सम्पत्ति मूल्यांकन दायित्व (डीडीए)सम्बन्धी प्रतिवेदन तयार पारेको थियो । रिर्पोट तयार पार्दा उक्त कम्पनीले एपेक्समा रहेको करोडौं रुपैयाँ खराब कर्जालाई समेत असल कर्जा भनी डीडीए रिपोर्ट तयार गरेको थियो । सोही रिपोर्टका आधारमा एनसीसी र एपेक्स मर्ज हुँदा एनसीसीसँग मर्जरमा जाने अन्य संस्थाका लगानीकर्ताहरुले करोडौं रुपैयाँ गुुमाउनुुपरेको तर्क पेस गर्दै एनबी समूहले एनसीसी बंैक, पीवाईसी र नेपाल राष्ट्र बैंकसमेतलाई विपक्षी बनाई उच्च अदालत पाटनमा मुद्दा दायर गरेको थियो ।
उत्प्रेषणसम्बन्धी सोही मुद्दामा यही वैशाख २८ गते उच्च अदालतले विपक्षीको नाउँमा कारण देखाउ आदेश जारी गरेको हो । एनसीसी बैंकका सेयरधनीहरुले यसअघि पनि एपेक्स डेभलपमेन्ट बैंकमा भएको अनियमितताको छानबिन गरी दोषीलाई कारबाही गरिपाउँ भन्दै नेपाल राष्ट्र बंैक, अख्तियार दुुरुपयोग अनुसन्धान आयोग समेतमा उजुरी दिइसकेका छन् । धितालले तत्कालीन एपेक्स डेभलपमेन्टको इटहरी शाखाबाट २६ जनाको नाममा करिब १८ करोड रुपैयाँ कर्जा व्यक्तिगतरुपमा प्रयोग गरेको आरोप एनसीसीका कर्मचारी तथा सञ्चालकहरुले लगाउँदै आएका छन् ।
तत्कालीन एपेक्सकै कारण एनसीसी बैंकको वित्तीय अवस्था निकै नै खस्किएको छ । एनसीसीले सार्वजनिक गरेको चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अपरिष्कृत वित्तीय विवरणअनुसार बैंकको सम्भावित जोखिम व्यवस्थापन रकम (प्रोभिजन) बढेर एक अर्ब ६८ लाख १५ हजार रुपैयाँ पुुगेको छ । गत आवको सोही अवधिमा बैंकमा यस्तो रकम ३० करोड ५८ लाख ६० हजार रुपैयाँ रहेको थियो । खराब कर्जा बढेपश्चात बैंकमा प्रोभिजन रकम बढेको हो । 
बैंकमा अहिले खराब कर्जाको अनुुपात चार दशमलव ४८ प्रतिशत रहेको छ । गत आवको सोही अवधिमा एनसीसीमा कुुल एक दशमलव ६३ प्रतिशत कर्जा मात्र खराब रहेको थियो । खराब कर्जा अधिक हुुनुको सीधा असर बंैकको खुद मुनाफामा परेको छ । गत आवको तेस्रो त्रैमासिक अवधिमा प्रोभिजन रकम र खराब कर्जाको अनुपात कम भएकै आधारमा बैंकले ३७ करोड ३५ लाख ७० हजार रुपैयाँ खुद मुनाफा कमाएको थियो । तर खराब कर्जा उच्चरुपमा बढ्दा चालू आवको तेस्रो त्रैमासमा बैंकको यस्तो मुनाफा घटेर १६ करोड ३७ लाख ६२ हजार रुपैयाँमा सीमित रहेको छ ।
बैंकको समग्र अवस्थालाई हेर्दा विगतमा एनबी समूह एनसीसी बैंकको रोगको रुपमा रहेको थियो । यो रोगबाट अहिले एनसीसी बैंकले मुक्ति पाइसकेको छ । तर अहिले एनसीसीका लागि सबैभन्दा ठूलो रोग तत्कालीन एपेक्स डेभलपमेन्ट बैंक र उक्त बैंकका सञ्चालक समितिका अध्यक्ष विष्णुप्रसाद धिताल (जो एनसीसीमा पनि अहिले सञ्चालक रहेका छन्) देखिएका छन् । आर्थिक दैनिकबाट


यो पनि पढ्नुहोस् :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: