×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

तत्कालीन एपेक्स पीडीतहरु भन्छन्, ‘अर्थ सरोकारको समाचारलाई ‘सिरियसली’ नलिंदा हामीपनि फस्यौं, एनसीसीकोपनि यो हविगत भयो’

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – तत्कालीन एपेक्स डेभलोपमेन्ट बैंकका पिडितहरुले एपेक्सको घोटाला प्रकरण अर्थ सरोकार डटकममा आएको थाहा भएपनि त्यसलाई गम्भीरतापूर्वक नलिंदा एनसीसीको यस्तो अवस्था भएको बताएका छन् ।  एपेक्स डेभलोपमेन्ट बैंक संघर्ष समितिनै बनाएर अहिले एनसीसीको नेतृत्व, सीआईबी र राष्ट्र बैंक गुहारिरहेको एपेक्स पीडित समूहका एक सदस्यले एपेक्सका बारेमा आएका केहि तथ्यपरक समाचारको विश्वास नगर्दा आफुहरुपनि फसेको र एनसीसी बैंकपनिधरासायी भएको गुनासो गरेका छन् । 
‘एपेक्समा कति हदसम्म घोटाला भएको छ भन्ने समाचार अर्थ सरोकार डटकममा प्रकाशित भएपछि हामीले पनि एक पटक यस विषयमा सोधीखोजी गर्यौं । त्यो बेला अर्थ सरोकार डटकमले भर्खरै प्रकाशन सुरु गरेको रहेछ । ‘भर्खरको अनलाइन  हो, पाठक तान्न जेपनि लेख्छ’ भनेर हामीलाई एपेक्सकै उच्च तहले ‘कन्भिन्स’ गर्यो । हावा समाचार लेख्ने थुप्रै अनलाइनहरु देखेका हुनाले हामीलेपनि त्यस्तै केहि होला भन्ने ठान्यौं । तर करिव ८ महिनापछी उक्त समाचार कति सत्य रहेछ भन्ने थाहा पायौं ! तर समाचारको विश्वास गर्दासम्म निकै ढिलो भइसकेको थियो ।’ एपेक्स पिडित संघर्ष समितिका एक सदस्यले अर्थ सरोकार डटकमसँग गुनासो पोखे ।
हेर्नुहोस् एपेक्समा भएका घोटालाका बारे अर्थ सरोकार डटकमले लेखेका समाचारहरु 
अहिले एपेक्सको सेयर कारोबारसमेत रोक्का भइसकेको छ । पाटन उच्च अदालतले एपेक्स र एनसीसीको हिसाव छुट्टै राख्न अन्तरिम आदेश दिएपछी अहिले एनसीसीको सेयर कारोबार रोक्का भएको हो । 
संघर्ष समितिकै एक अर्का सदस्यले आफुहरु अन्तिमसम्म पनि यो प्रकरणमा लडीरहने बताएका छन् । नक्कली ऋणी खडा गरेर एपेक्समा करोडौं घोटाला भएको र अहिले आफुहरुलाई फसाउन खोजेर पीडीत बनाउने खोजेको भन्दै आफुहरु न्यायका लागि जस्तोसुकै कदम चाल्नपनि तयार भएको उनको भनाइ छ । 
यो पनि पढ्नुहोस् :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: