×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

अर्थ सरोकार समाचार प्रभाव : एनसेलले कानुनविपरित बजारमा ल्याएको नि:शुल्क फेसबुक सेवा बन्द !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – आइएसपीको विश्वव्यापी नियममा कुनै पनि इन्टरनेट सेवा प्रयादकहरुले कुनै पनि वेवसाइट निशुल्क प्रयोग गर्न दिन नमिल्ने स्पष्ट उल्लेख गरेको भएपनि एनसेलले फेसबुक, ट्वीटर र विकिपिडियालाई निःशुल्क प्रयोग गर्न दिइरहेको खबर अर्थ सरोकार डटकमले ब्रेक गरेपछि कम्पनीले ट्वीटर पछी नि:शुल्क फेसबुक चलाउन दिने अफर पनि बन्द गर्ने भएको छ । 
एनसेलले केहि समय अगाडी यहि तथ्य बाहिर आउने डरले नेपालका केहि चर्चित मिडियाहरुलाई समेत एनसेलबाट निशुल्क हेर्न मिल्ने व्यवस्था गरेको थियो । तर यहि नियमसम्बन्धि प्रश्न उठेपछी मिडियाहरु आफैं साइड लागेका थिए । यद्यपी एनसेलले मोटो रकम विज्ञापन मार्फत दिइरहेकाले यो प्रश्न कुनै पनि ठुला भनिएका मिडियाहरुले उठाएनन् । 
दुरसंचार सेवा प्रदायक एनसेलले आफ्ना प्रयोगकर्ताहरुलाई उपलब्ध गराउँदै आएको निशुल्क फेसबुक सेवा मंगरबारदेखि बन्द गर्ने भएको छ। फागुन ३ देखि एनसेलको डाटाबाट फेसबुक चलाउँदा शुल्क नलाग्ने व्यवस्था गरेको थियो। फेसबुकसँगको सहकार्यमा सुरु गरिएको उक्त सेवा वैशाख १९ गतेबाट बन्द हुने एनसेलले जानकारी दिएको छ। 

यो पनि पढ्नुहोस् :


Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: