निर्वाचनपछी नेप्से बढेको यस्तो छ इतिहास : विश्लेषक भन्छन्, 'यसपालीपनि १५० अंकसम्म बढ्छ' !
Powered by Blogger.
निर्वाचनपछी नेप्से बढेको यस्तो छ इतिहास : विश्लेषक भन्छन्, 'यसपालीपनि १५० अंकसम्म बढ्छ' !

  • कृष्ण गिरी / धित्ताेपत्र डटकम
देशमा करिब २० वर्षपछि स्थानीय निकायकाे निर्वाचन हुन गइरहेकाे छ । गएकाे मंगलबार पहिलाे चरण अन्तरगतका निर्वाचन क्षेत्रका लागि उम्मेद्वारहरूकाे मनाेनयन पनि सम्पन्न भइसकेकाे छ । यसै परिप्रेक्ष्यमा हामीले हाम्राे देशमा विगतका चुनावहरूले शेयरबजारमा के कस्ताे प्रभाव पारेका रहेछन् भनेर खाेतल्ने प्रयास गरेका छाैं ।

यस क्रममा हामीले उपलब्ध भएसम्म नेप्से परिसूचक तथा निर्वाचनका मितिहरूलार्इ लिएर याे प्रतिवेदन तयार गरेका हाैं ।

संसदीय चुनाव २०५६ (Parliamentary Election 1999)
तलकाे तस्विरमा चुनाव हुने मिति मे ३, १९९९ अर्थात जेष्ठ ५, २०५६ काे दिनकाे नजिककाे काराेबार मे १, १९९९ काे परिसूचक लिएका छाैं । यस दिन नेप्से परिसूचक १९४.०७ काे विन्दुमा रहेकाे छ । यसरी निर्वाचनकाे करिब ५ महिना अघि अर्थात जनवरी महिनाकाे पहिलाे काराेबार दिन ३ जनवरीलार्इ हामीले अनुमानित निर्वाचन घाेषणा भएकाे दिन मानेका छाैं । यस दिन नेप्से परिसूचक १७६.४९ काे बिन्दुमा रहेकाे देखिन्छ । यसरी हेर्दा चुनाव घाेषणा भएकाे दिन र चुनाव भएकाे दिनसम्म अाइपुग्दा नेप्से परिसूचकले १० प्रतिशतकाे वृद्धि हासिल गरेकाे देखिन्छ ।

यसैगरी निर्वाचन भएकाे मितिदेखि अघिल्लाे १ वर्षलार्इ हामीले रिभ्यु अवधिकाे रूपमा हेरेका छाैं । यसबीचमा निर्वाचनकाे प्रभाव तथा निर्वाचन पश्चात विजयी भएर अाउने दलले गर्ने विविध नयाँ कार्यक्रम तथा ल्याउने याेजनाले शेयर बजारमा पार्न सक्ने प्रभाव हेर्नका लागि हामीले याे रिभ्यु अवधि राखेर हेरेका हाैं । यस चुनावमा पनि हामीले मे ३ १९९ देखि मे ५ २००० सम्मकाे अवधिलार्इ हामीले रिभ्यु अवधि मानेका छाैं । यसरी हेर्दा साे एक वर्षमा नेप्से परिसूचकमा ७९ प्रतिशतकाे वृद्धि भएकाे देखिन्छ ।

हेर्नुहाेस् तस्वीरमा ।

पहिलाे संविधानसभा २०६४ (CA Election 2008)

२०६२/६३ काे जनअान्दाेलन पश्चात गठित अन्तरिम सरकारद्वारा संविधानसभाकाे निर्वाचनकाे लागि पहिले मंसिर ४ लार्इ मिति घाेषणा गरिएता पनि पछि सारेर चैत्र २८ गते निर्वाचन गरिएकाे थियाे । त्यस निर्वाचनबाट पहिलाे पटक समानुपातिक व्यवस्थाबाट समेत संसदलार्इ निर्वाचित गरिने प्रावधानकाे व्यवस्था गरिएकाे थियाे । यस निर्वाचनबाट १० वर्षे जनयुद्ध गरेर पहिलाेपटक निर्वाचनमा सामेलदल नेकपा माअाेवादी ठूलाे दलकाे रूपमा विजयी भएर अगाडी अाउनुका साथै सरकारकाे नेतृत्व गरेकाे थियाे । कस्ताे प्रतिक्रिया थियाे त शेयरबजारकाे त्यसवखतकाे निर्वाचनप्रतिः हेराैं तलकाे टेबलमा ।


१० वर्षे जनयुद्ध तथा लामाे संघर्ष पश्चात प्राप्त पहिलाे संविधानसभाकाे निर्वाचन र साे पश्चात गठित सरकारलार्इ बजारले अल्पकालमा विश्वास गरेकाे देखिएता पनि अन्य अाधारभूत कुराहरूले बजारलार्इ टेवा दिन नसके पश्चात बजारले यस अवधिमा वृद्धि हासिल गर्दै तल अाएकाे देखिन्छ । हेराैं चार्टमा बजारलार्इ तलकाे तस्वीरबाट ।


दाेश्राे संविधानसभाकाे निर्वाचन २०७० (CA Election 2013)
अघिल्लाे संविधानसभाकाे समयावधि विना निस्कर्ष तथा विना अाैचित्य समाप्त भएपश्चात तथा बजारका अन्य विविध अाधारभूत कुराहरू नकारात्मक भएपश्चात बजार तल २९२ विन्दुसम्म झरेर फेरी माथि चढ्दै गरेकाे अवस्थामा दाेश्राे संविधानसभाकाे निर्वाचनकाे घाेषणा भएकाे देखिन्छ । साथै निर्वाचन पश्चात पुनः नेपाली कांग्रेस सबैभन्दा ठूलाे दलकाे रूपमा अगाडी अाए पश्चात बजारकाे वृद्धि थप भएकाे देखिन्छ । हेराैं तलकाे टेबल ।

यसरी हेर्दा निर्वाचन घाेषणा पश्चात शेयर बजारकाे परिसूचक नेप्सेमा ४३ प्रतिशतले वृद्धि भएकाे देखिन्छ भने निर्वाचन भएपछिकाे रिभ्यु अवधिमा थप ५१ प्रतिशतले नेप्से परिसूचक वृद्धि भएकाे छ । हेराैं नेप्सेकाे चार्ट तलकाे तस्वीरमा ।


स्थानीय निकायकाे निर्वाचन २०७४ (Local Election 2017)
बैंकिंग क्षेत्रकाे पूँजिवृद्धि तथा न्यूनब्याजदर एवं अन्य अाधारभूत परिस्थितिका कारण अहिलेसम्मकै उच्च विन्दु १८८८ सम्म पुगेकाे नेप्से परिसूचक वृद्धि भएकाे शेयर संख्याकाे अधिक सप्लार्इ तथा बैंकिंग ब्याजदरमा अाएकाे वृद्धि, लगानीका लागि बैंककाे उच्च सीममा अाएकाे संकुचन तथा अन्य तात्कालिन विविध कारणले बजार गएकाे फेब्रुअरी १३ २०१७ का दिनसम्म अाउँदा पछिल्लाे उच्च विन्दुबाट ३५ प्रतिशतले झरेर १२१८ काे विन्दुसम्म अाएर पुनः माथि तिर बढीरहेकाे अवस्थामा सरकारद्वारा स्थानीय निकायकाे निर्वाचन गर्ने भनेर २० फेब्रुअरी २०१७ मा घाेषणा गरेपछि लगातार वृद्धि भएकाे बजार बढेर पुनः १७४५ सम्म पुगेकाे थियाे । यद्यपि सरकारले घरी प्रतिपक्षी दल तथा मधेसीदललार्इ विश्वस्त पार्न नसकेपछि उत्पन्न राजनीतिक गतिराेधले चुनाव हुने या नहुने भन्ने कुरा गएकाे मंगलबार अर्थात १९ गते ताेकिएकाे क्षेत्रका स्थानीय निकायहरूमा उम्मेद्वारी दर्ता नहुन्जेल सम्म कायम रहेकाे थियाे जसका कारण बजार तल झरेर उम्मेद्वारी दर्ताकाे दिनसम्म १६५८ काे बिन्दुमा अाएकाे देख्न सकिन्छ । हेर्नुहाेस तलकाे टेबल ।


यसरी हेर्दा निर्वाचन घाेषणा गरेकाे दिनबाट उम्मेद्वारी दर्ता गर्ने दिनसम्म अाइपुग्दा नेप्से परिसूचकमा २१ प्रतिशतकाे वृद्धि भएकाे देखिएकाे छ । हेर्नुहाेस् नेप्से परिसुचक चार्टमा ।

के निर्वाचनले बजार बढाउँछ त?
विज्ञहरू भन्छन् निर्वाचन अाफैंले बजारलार्इ बढाउने हैन । तर निर्वाचन अवधिभरी गरिने विभिन्न गतिविधिले अर्थतन्त्र चलायमान बनाउन मद्दत गर्दछन त्यसकाे प्रभाव शेयरबजारमा पर्ने हाे । वास्तमा माथिका चार्टमा हेर्ने हाे भने पनि माथिकाे भनार्इ सहिकाे हाे जस्ताे पनि लाग्दछ ।

कस्ता गतिविधि हुन्छन् त निर्वाचनमा जस्ले बजार बढ्न मद्दत गर्दछ?
प्रत्यासी उम्मेद्वारहरूले विभिन्न प्रचारप्रसार तथा मत प्रलाेभनका लागि खर्च गर्दछन । त्यस्ताे खर्चका लागि विभिन्न क्षेत्रबाट सहयाेग पाउनका साथै कतिपय कालाेधन समेत खर्चकाे रूपमा बाहिर अाउँदछ ।
सरकारले निर्वाचन तयारीका क्रममा विभिन्न प्रशासनीक तथा अन्य खर्चहरू गर्दछ । साथै मतपत्र, मतपेटिका, मतदाता शिक्षा लगायतका क्षेत्रमा समेत ठूलाेमात्रामा खर्च हुने गर्दछ ।
निर्वाचनमा सहभागी हुन अाउने पर्यवेक्षक, विभिन्न एनजिअाे, अाइएनजिअाे तथा विभिन्न देशबाट प्राप्त हुने सहयाेग रकम समेत निर्वाचनका क्रममा खर्च हुने गर्दछ ।

यसरी खर्च भएकाे रकम कुनै न कुनै रूपमा बैंकिंग च्यानलमा अाउँदछ र बैंककाे तरलता वृद्धि हुन्छ । यसले ब्याजदरमा सिधा प्रभाव पार्दछ ।

यस्तै निर्वाचन पश्चात विजयी हुने दल र त्यसकाे एजेण्डा तथा कार्यनीतिले समेत बजारमा प्रभाव पार्दछ । सामान्यतः निर्वाचन तथा निर्वाचित भइ अाएकाे दलकाे प्रभाव शेयर बजार परेकाे हामी देख्न सक्छाैं । जुन जुन निर्वाचनमा नेपाली कांग्रेस विजयी रही सरकार गठन गरेकाे छ तब तब शेयर बजारमा वृद्धि अाएकाे हामी माथिकाे चार्टबाट समेत देख्न सक्छाैं ।

अब के त?
अब काे याे निर्वाचन पश्चात पनि बजारमा तरलताकाे अभाव कायम रहन्छ, हाल वृद्धि भएकाे ब्याजदरमा कुनै कमी अाउँदैन तथा निर्वाचनमा कुनै एकदलले विजय हुने अवस्था अाउँदैन र हाल कायम राजनीतिक गतिराेध चुनाव पश्चात पनि कायम नै रहने अवस्था अायाे भने लगानीकर्ताले बजारप्रति केही हदसम्म सशंकित हुने अवस्था रहन सक्छ ।

प्रकाशित मिति : Saturday, May 13, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

, , ,

Loading...