फेरि बिग्रियो सेयर बजारको 'थोत्रो गाडी' ! टेक्निकल सपोर्ट कमजोर हुँदा नेप्सेको साइटमा पुन: समस्या !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ - नेप्सेको थोत्रो गाडी अर्थात बिग्रिरहने वेवसाइटमा पुन: समस्या आएको छ । वेव साइटमा समस्या हुँदा लगानीकर्ताले सेयर बजारका बारेमा जानकारी लिन पाएका छैनन् भने साइट किन बिग्रियो भन्ने पनि जानकारी दिएको छैन । पौन १२ बजिसक्दा पनि नेप्से साइट खुलेको छैन । 

यता नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले इन्टरनेटमा समस्या देखिएको बताएका छन् । 'इन्टरनेटमा समस्या देखिएको छ । सेयर कारोबार चलिरहेको छ ।' उनले भने । 

यता उक्त वेव साइटमा टेक्निकल सपोर्ट गरिरहेको योमरी र नेप्सेका पधाधिकारीले ठुला लगानीकर्ताको मिलेमतोमा यस्तो गलत धन्दा गरिरहेको समेत आरोप पटक पटक लाग्ने गरेको छ ।
प्रकाशित : Monday, May 22, 2017
,
Loading...

recent

Popular Posts