×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

कांग्रेस- माओवादीले चुनाव हार्ने भएपछि निधिको राजीनामा फिर्ता !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – गृहमन्त्री विमलेन्द्र निधिले राजीनामा फिर्ता लिएका छन् । सत्तारुढ दलहरु नेपाली काँग्रेस र माओवादी केन्द्रका सांसद्हरुले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध महाभियोग प्रस्ताव दर्ता गराएपछि असहमति जनाउँदै राजीनामा दिएका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले पाँच दिनपछि राजीनामा फिर्ता लिएका हुन्छ । स्थानीय तहको निर्वाचन आउन केही दिन मात्रै गृहमन्त्री निधिले राजीनामा दिएपछि निर्वाचनको सुरक्षा प्रबन्धबारे प्रश्न उठ्न पुगेको थियो ।
कारण यस्तो पो !
प्रधानमन्त्री कार्यालयको उच्च स्रोतले दिएको जानकारी अनुसार विमलेन्द्र निधिको ठाउँमा अर्को कोहि आए चुनाव प्रभावित हुने भन्दै निधिलाई फिर्ता बोलाउन फकाउने जिम्मा कांग्रेस सभापति देउवालाइ दिइएको थियो। अन्तत: बिहीबार बिहान बालुवाटार पुगेपछि निधि राजीनामा फिर्ता लिन सहमत भएका हुन् । प्रधानमन्त्री प्रचण्ड र काँग्रेस सभापति देउवाबीच भएको छलफलमा राजीनामा फिर्ता लिन सहमत भएपछि निधि हिजैदेखि मन्त्रालय जान तयार भएका छन् । राजीनामा दिएपछि उनले मन्त्री निवासपनि छाडेका थिए । गृहमन्त्री निधिले प्रधानमन्त्रीसमक्ष यही वैशाख १७ गते राजीनामा दिएका थिए । ‘चुनाव हार्ने देखियो । त्यहि भएर उनलाई जसरी पनि राजीनामा फिर्ता गराउने कुरा भयो ।’ प्रधानमन्त्री कार्यालयको उच्च स्रोतले भन्यो ।   
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: