×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

कृषि मन्त्रालयदेखि नार्कसम्म ‘सेटिङ’, प्रतिबन्धित नक्कली धानको बिउ नेपाल भित्रिंदै !

  • इन्भेष्टिगेसन ब्यूरो / अर्थ सरोकार डटकम 
काठमाडौँ – सोझा नेपालीलाई जसरी ठगेपनि हुन्छ भन्ने शैलीमा सरकारले केहि समय अघि अवैध घोषणा गरेको धानको बिउ नेपाल भित्रने भएको छ । नेपालमा हाइब्रिड धानको बिउ सप्लाई गर्दै आएको कम्पनीले सरकारले अवैध भनी ठहर गरेको बिउ पुन: नेपाल भित्रन लागेको हो । कृषि मन्त्रालदेखि बिउ विजन महाशाखासम्मको सेटिङमा उक्त बिउ बिजन नेपाल भित्र्याउने चलखेल भइरहेको खुलासा भएको छ । भारतीय कम्पनी श्रीराम बायोसिड जेनेटिक्सद्वारा उत्पादित बायोसिड ७८६ बजारमा भित्रन लागेको हो ।
यसरी प्रतिबन्धित भएको थियो उक्त बिउ !
गतबर्ष उक्त बिउ बिक्रीवितरणमा सरकारले रोक लगाएको थियो । चितवनको नारायणगढस्थित निम्बस इन्टरनेशनलको गोदाममा स्थानीय प्रशासनले २०७३ जेठ ११ गते छापा मारी ठूलो परिणाममा उक्त बिउ जफत गरेको थियो । कृषि मन्त्रालय मातहतको बिउ बिजन माहासाखा (नार्क) हरिहर भवनले कान्तिपुर राष्ट्रिय दैनिकमा सूचना नै प्रकाशित गरेर उक्त विउविजन विक्री नगर्न निर्देशन दिएको थियो । त्यतिबेला स्थानीय प्रशासनले गोदामलाई सिलबन्दी गरी अनुसन्धान सुरु गरेको थियो भने अन्ततः २०७३ कार्तिकमा उक्त अवैध बिउ बायोसिड ७८६ नष्ट गरेको थियो । उक्त बिउबिजन नष्ट गरी यसको जानकारीसमेत प्रशासनले सम्बन्धित निकायमा गराएको थियो भने यसरी अवैध बिउहरु नष्ट गरिएकोबारे विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशन / प्रशारण भएको थियो । 

नयाँ बोतलमा पूरानै रक्सी शैलीमा अवैध बिउ भित्र्याउने खेल !
सरकारले नै गैरकानुनी तथा अवैध विउ भएको भन्दै नष्ट गरेको त्यहि उक्त नक्कली बिउलाईनै अहिले नयाँ प्याकिङमा रेश्मा ७८६ बनाइ नेपाल ल्याउने तयारी भएको हो । ल्याब टेष्ट, क्वारेन्टाइन चेक जस्ता गर्नेपर्ने प्रक्रियासमेत पूरा नगरी उक्त बिउ नेपाल भित्र्याउने चलखेल भएको हो । भारतका विभिन्न स्थानबाट ल्याइएका धान र गतबर्ष विक्री नभएका धानलाई समेत मिसाएर श्री राम बायोसीड जेनेटिक्सले आफ्ना गोदामहरुमा रहेको बायोसिड ७८६ धानका विउलाई एक-एक केजीको प्याकमा रेशमा ७८६ लेखिएको झोलामा प्याकिङ गरीराखिएको छ । २०७४ बैसाख महिनासम्मका ती अवैध विउहरु निम्बसको बिरगंजस्थित गोदाम र देशभरका एग्रोभेटहरुमा विक्रिका लागि पठाउने तयारी भरहेको छ । 
नार्कका केहि भ्रष्ट कर्मचारेको मिलेमतोमा उक्त नक्कली बिउ नेपाल भित्र्याउने काम सुरु हुन लागेको खबर अर्थ सरोकार डटकमले प्राप्त गरेको छ । नार्क र कृषि मन्त्रालयमा यो विषयमा आपति जनाउने केहीलाई मोटो रकम घुस खुवाएर मनाइएको र नेपाली किसानमाथि खेलवाड गर्न लागिएको कृषि मन्त्रालय स्रोतले अर्थ सरोकार डटकमलाई जानकारी दियो । 

यो हदसम्मको सेटिङ !
‘महासाखामा रहेको दर्ता कितावमा नाम रहेको तर धेरैबर्षदेखि नेपालमा धान विक्री गर्न छोडेको श्रीराम फ़र्टिलाइजरको नाममा रहेको रेश्मा ७८६ बजारमा ल्याउने तयारी भरहेको छ । महासाखाका प्रमुख धर्मदत्त बरालको योजनामा बायोसिड ७८६ बिउलाइ रेश्मा ७८ बनाइ नेपाल ल्याउने तयारी भरहेको छ ।’ कृषि मन्त्रालय स्रोतले अर्थ सरोकार डटकमलाई जानकारी दियो । यसका लागि कृषि मन्त्रालयदेखि नार्कसम्म कम्पनीले निकै मोटो रकम खर्च गरेको स्रोतको दावी छ । स्रोतका अनुसार निम्बस इन्टरनेशनल यस्तो गैरकानुनी काम गरेर करोडौं रुपैयाँ कमाउने दाउमा छ ।

माहासाखाको प्रायोजित उत्तर, निम्बसका एमडी सम्पर्कमा आएनन् :
यता माहासाखाले भने यो विषयमा प्रायोजित उत्तर दिएको छ । ‘दर्ता भएकै विउ हो ।’ महाशाखाका एक उच्च अधिकारीले अर्थ सरोकार डटकमसँग भने, ‘मलाइ धेरै कुरा थाहा छैन । तर यो दर्ता भएको नै बिउ हो भन्ने थाहा पाएको छु । तपाईंले भनेजस्तै कुरा हल्ला सुनेको हुँ । तर म यस विषयमा अहिले नबोल्दा नै ठिक होला । मैले औपचारिक रामा भन्नुपर्दाचाहिं बिउ दर्ता भएको नै हो ।’यता यस विषयमा बुझ्न हामीले निम्बस इन्टर्नेशनलका प्रबन्ध निर्सेशक आनन्द अगरियासँग सम्पर्क गर्दा उनी सम्पर्कमा आउन चाहेनन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: