×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

जो अगुवा, उही बाटो… ! निर्वाचन आयोगले नै उम्मेदवारलाई बेच्यो तपाईंको फोन नम्बर !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – तपाईं काठमाडौँ जिल्लाको मतदाता हुनुहुन्छ भने तपाईंलाई एउटा एसएमएस आएको हुनुपर्छ । आदरणीय फलानोज्यू, फलानो चिन्हमा भोट हालेर फलानो पार्टीलाई जिताउनुहोला । नेकपा एमाले, कांग्रेस र विवेकशील पार्टीका नामबाट आएको यस्तो एसएमएस कसरी आयो ? कसरी पाए तिनीहरुले तपाईंको नम्बर ? ३९६१०, ३२०४८, ३६००१ लगायतका नम्बरहरुबाट यस्ता एसएमएस आएका छन् । र तीनलाई तपाईंको नम्बर कसरी थाहा भयो भन्ने तपाईंले पक्कै सोच्नुभएको छ होला । शंकाहरु धेरै छन्, तपाईंको नम्बर निर्वाचन आयोगबाट लिक भयो कि ? वा टेलिकमबाट तपाईंको तथ्यांक चोरी भयो ? हामीले यसबारे बुझ्दा निर्वाचन आयोगकै एक उच्च स्रोतले आफ्नो नाम उल्लेख नगर्ने सर्तमा आयोगका केहि कर्मचारीले गरेको बदमासीका बारेमा हामीलाई जानकारी दिए ।

यसरी भयो तपाईंको नम्बरको व्यापार !
एसएमएसको प्रकृति हेर्दा निर्वाचन आयोगबाटनै फोन नम्बर लिक भएको देखिन्छ । मतदाता नामावलीमा जुन फोन नम्बर राखिएको थियो, त्यही नम्बरमा एसएमएस आएको छ । त्योपनि मतदाताहरुलाई मात्र ।एसएमएस पठाउनेले तपाईं जुन नगरपालिकाको मतदाता हो, त्यसैमा एसएमएस पठाएको छ । ‘निर्वाचन आयोगसँग मात्र भएको व्यक्तिगत विवरण कसरी चुहियो ? मतदाता परिचय पत्र बनाउने फारममा राखिएको नम्बर कसरी दल वा कुनै उम्मेदवारको पहुुँचमा पुग्यो ?’ स्वाभाविक प्रश्न उठ्छ । आफ्नो नाम उल्लेख नगर्ने सर्तमा निर्वाचन आयोगका एक कर्मचारी भन्छन्, ‘आयोगको आईटी फाँटबाट फोन नम्बरको लिष्ट बाहिर गएको हो । यसविषयमा निर्वाचन अधिकृत र निर्वाचन आयोगका ठुलै हाकिमहरुलाई समेत थाहा छैन । मतदाताको गोप्य फोन नम्बर लिक गराएर मोटो रकम कमिसन लिएका छन् आईटि विभागका कर्मचारीले । मतदाताको विवरणको सुरक्षाको जिम्मा ज्वाइन्ट इलेक्सन सेन्टरलाई दिइएको थियो । तर मतदाताको फोन नम्बरमाथि व्यापार भएको छ ।’ 
के भन्छ निर्वाचन आयोग ?
यस विषयमा बुझ्दा निर्वाचन आयोगले नै यसबारे आफुहरुलाई थाहा नभएको बताएको छ । अर्थ सरोकार डटकमसँग कुराकानी गर्दै आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले आफुलाई यसबारे केहि पनि थाहा नभएको र जसले गरेको भएपनि यो गम्भीर कुरा भएको बताए । साथै उनले व्यक्तिगत विवरण आयोगबाट चुहिने कुरामा विश्वास गर्न नसकिने दावी गरे । ‘ केहि समय अघि एकजना अर्का पत्रकार मित्रले पनि यहि प्रश्न गर्नुभएको थियो । म आयोगमा कुरा राख्छु ।’
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: