×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

बाफियाले अयोग्य भनेका सञ्चालकहरु अर्को एजीएमसम्म ‘योग्य’ हुँदै ! राष्ट्र बैंक गर्दैछ यस्तो सर्कुलरको तयारी !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – परिमार्जित बैंक तथा वित्तीय संस्था ऐनमा राष्ट्रपतिले लालमोहर लगाएपछी अहिले विभिन्न बैंकका सञ्चालकहरु ‘अयोग्य’ भइयो भन्दै तनावमा छन् । कतिपय सञ्चालकहरु पढाइ नपुग्दा अयोग्य भएका छन् भने कतिपय संचालकहरु अनुभव नपुग्दा ‘अयोग्य’ भएका छन् । यहिबीचमा साधारण सभाले योग्य मानेर सञ्चालक बनाएका व्यक्तिलाई पछी आएको कानुनले असर गर्न नहुने र कानुन ‘रेट्रोसपेक्टिभ’ रुपमा लागु हुन नहुने भन्दै विभिन्न सरोकारवालाहरुले आवाज उठाएपछि नेपाल राष्ट्र बैंकले अर्को एजीएम नहुँदासम्म अहिलेका सञ्चालकलाईनै निरन्तरता दिने गरी सर्कुलर जारी गर्न लागेको खुलासा भएको हो ।
नेपाल राष्ट्र बैंकको एक उच्च स्रोतले अर्थ सरोकार डटकमलाई दिएको जानकारी अनुसार छिट्टैनै बाफियामा रहेको सञ्चालकको योग्यता विषयमा सम्बोधन हुनेगरी नेपाल राष्ट्र बैंकले सर्कुलर जारी गर्दैछ । ‘अहिलेका संचालकहरु योग्यनै हुनेछन् । अर्को साधारणसभा नहुन्जेलसम्मकालागि बाफियामा रहेको सञ्चालकको योग्यतासम्बन्धी नियमले अहिलेका संचालकहरुले बैंक छाड्नु नपर्ने तर अर्को साधारणसभादेखि लागु हुने गरीको सर्कुलर नेपाल राष्ट्र बैंकले विभिन्न बैंक तथा वित्तीय संस्थाहरुमा पठाउँदैछ ।’ स्रोतले भन्यो ।
‘परिमार्जित बाफियामा सञ्चालकको उमेर हदबन्दीसमेत कम्तीमा २५ बर्ष हुनुपर्ने बनाइएको छ । अनुभव र शैक्षिक योग्यताकोसमेत नीति तोकिएको छ । तर यो अर्को साधारणसभासम्मकालागि कार्वनयन गर्नु नपर्ने भन्दै सर्कुलर आउन लागेको छ ।’ राष्ट्र बैंक स्रोत अगाडी भन्छ, ‘अहिलेकै अवस्थामा यो नीति कार्वनयन हुने हो भने धेरै सञ्चालकहरु अयोग्य हुनेछन् र धेरै बैंकका संचालक पद रिक्त हुनेछन् ।’ उनका अनुसार अहिले सबै बैंकका संचालक राष्ट्र बैंकको सर्कुलर पर्खेर बसेका छन् । ‘अहिलेदेखिनै लागु गरियो भने केहि संचालकहरु साधारण सभाको अधिकारमाथि हनन भएको भन्दै अदालत जाने तयारीमा रहेको कुरा नेपाल राष्ट्र बैंकलाई राम्रोसँग थाहा छ । सर्वोच्चमा जाँदा अदालतले अहिलेका संचालकहरुलाई अर्को साधारणसभा सम्म योग्य मान्नु भन्ने आदेश आउने सम्भावना बढी भएकाले अहिले तत्काल राष्ट्र बैंकलेनै यो प्रकरणलाई सम्बोधन गर्नेछ ।’ स्रोतले भन्यो ।
यता नेपाल राष्ट्र बैंक औपचारिक रुपमा यसबारेमा बोलेको छैन । परिमार्जित बाफियामा लालमोहर लागेपछी धेरै बैंकका संचालकहरु नीतिगत रुपमा ‘अयोग्य’ भएका छन् । तर राष्ट्र बैंकको सर्कुलरले उनीहरुको समस्या तत्कालका लागि समाधान हुने देखिएको छ । अर्को साधारणसभासम्म कुर्दा अहिले अयोग्य भएकाकतिपय सञ्चालकहरु योग्य हुनेछन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: