१४ बर्षको उमेरमा जनयुद्ध लडेकी पम्फा १९ बर्षको हुँदा उपमेयर निर्वाचित !
Powered by Blogger.
१४ बर्षको उमेरमा जनयुद्ध लडेकी पम्फा १९ बर्षको हुँदा उपमेयर निर्वाचित !

  • अर्थ सरोकार इलेक्सन ब्यूरो 
गोरखा - १४ बर्षकै कलोलो उमेरमा तत्कालीन नेकपा माओवादीले संचालन गरेको युद्धमा छापामार भएर काम गरेकी पम्फा बसेलले चुनाव जितेकी छिन् । कांग्रेस उम्मेदवारलाई हराउँदै गोरखाको पालुङटार नगरपालिकाको उपप्रमुख पदमा उनले जीत हाँसील गरेकी हुन् ।

उनी अहिले २९ बर्षकी छिन् । उनको जीतसँगै उनी सबैभन्दा कान्छी महिला उपमेयर बनेकी छिन् । उनको यो जीतसँगै गोरखामा बिजयी जुलुस निस्केको छ भने उनको जीतको उत्सवमा गाउँलेहरुले उनको छापामार दैनिकीका बारेमा समेत चर्चा गरेका छन् ।

कांग्रेस उम्मेदवारलाई २ सय ९८ मतले हराँदै उनी विहीबार पालुङ्टार नगरपालिकाको उपमेयर पदमा जिजयी भएकी हुन् । कुल ४ हजार ४ सय ९४ मत पाएकी उनले  खुला विद्यालयबाट एसएलसी पास गरेर उनले अहिले प्सटु पास गरिसकेकी छन् । 

प्रकाशित मिति : Saturday, May 20, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...