×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

भरतपुर अपडेट : एमाले नेताको बयान सुनेर छानबिन समितिका सदस्यहरु जिल्ल !

निर्वाचनको समयमा चितवनको भरतपुर महानगरपालिकाको मतगणनाका हुने क्रममा मतपत्र च्यातिएको विषयमा छानबिन गर्न निर्वाचन आयोगद्वारा गठित समितिले आफ्नो काम सुरु गरेको छ ।
सो समितिले आज काँग्रेस चितवनका सभापति जितनाराणय श्रेष्ठ, एमाले जिल्ला अध्यक्ष कृष्णभक्त पोखरेल र माओवादी केन्द्रका इन्चार्ज ईश्वरी भट्टराई लगायतसँग बयान लिएको छ । बयानका क्रममा काँग्रेस–माओवादीले एमाले र एमालेले माओवादी कार्यकर्ताले मतपत्र च्यातेको बयान दिएका छन् ।
भने सांसद समेत रहेका एमाले अध्यक्ष पोखरेल बयानका क्रममा आक्रोशित देखिए । उनले यस्तै प्रकारले निर्वाचन गर्ने र मतगणनामा आफूले हार्ने भएपछि च्यात्ने प्रवृत्ति संस्थागत हुने हो भने निर्वाचनको औचित्य नरहेको समेत बताएका छन् ।
उनले आक्रोषित मुद्रामा भने ‘आफूले हार्ने निश्चित भएपछि मतपत्र च्यातिदियो, एक बोत्तल पानी मतपेटिकामा खन्याइदियो । अनि पुन निर्वाचनको माग गर्ने हो भने निर्वाचनको औचित्य सकियो ।’ पोखरेलले घटनामा संलग्न माओवादी कार्यकर्तामाथि निर्वाचन ऐनमा व्यवस्था भएअनुसार हदैसम्मको कारबाही गरी स्थगित मतगणना सुचारु गर्न माग गरे । पोखरेलको व्यवहार देखेर छानविन समितिका सदस्य जिल्ल परे ।
यता काँग्रेसका श्रेष्ठ र माओवादी केन्द्रका भट्टराईले भने एमाले मेयरका उम्मेदवार देवी ज्ञवाली पराजित हुने निश्चित भएपछि मतपत्र च्यातिएको दाबी गरेका छन् । उनीहरुले १९ नम्बर वडामा पुनः मतगणना हुनुपर्ने माग गरेका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: