×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

पदबाट राजीनामा दिएकै दिन चितवनबाट प्रचण्डको कानमा प-यो सुखद खबर !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – प्रचण्डले प्रधानमन्त्रीबाट राजीनामा दिएकै दिन उनलाई चितवनबाट भने सुखद खबर आएको छ । चितवनको भरतपुर महानगरपालिकामा जारी मतगणनामा माओवादी केन्द्रकी रेणु दाहालले एमालेका देवी ज्ञवालीसँगको मताअन्तर साँघुरो पार्दै लैजाँदा अव रेणुले जित्ने सम्भावनापनि जिवितै बनेको छ ।
ज्ञवालीले २९ हजार ३ सय ८६ मत पाउँदा रेणुले २७ हजार ४ सय ७ मतसहित ज्ञवालीलाई पछ्याएकी हुन् । १४ नम्बर वडाको मतगणना सकिँदा रेणुभन्दा ज्ञवालीको मत १ हजार ९ सय ७९ ले बढी छ । उपमेयरमा कांग्रेसकी पार्वती शाह ३० हजार ७ सय ९२ मतका साथ अगाडि छिन् ।
यता उनलाई एमालेकी दिव्या शर्मा आचार्यले २६ हजार ५ सय ८७ मतसहित पछ्याइरहेकी छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा दिँदा गर्दा रेणुले मतान्तर साँघुरो पारिरहेकी हुन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: