भोट हालेपछि मुसुक्कै हाँस्दै प्रधानमन्त्रीले भने, ' कांग्रेससँगको तालमेल अनुसार नै भोट हालियो' !
Powered by Blogger.
भोट हालेपछि मुसुक्कै हाँस्दै प्रधानमन्त्रीले भने, ' कांग्रेससँगको तालमेल अनुसार नै भोट हालियो' !

  • अर्थ सरोकार सम्बाददाता 
चितवन - प्रधानमन्त्री प्रचण्डले चितवन पुगेर भोट हालेका छन् । चितवनको भरतपुर महानगरपालिका वडा नम्बर ४ लंकुस्थित लक्ष्मी मावि ‘ख’ केन्द्रबाट मतदान गरेपछि पत्रकारहरुलाई प्रतिक्रिया दिँदै प्रचण्डले भने, ‘यो ऐतिहासिक निर्वाचन भएको हुनाले व्यापक रुपमा मतदानमा सहभागी हुन हिजो नै अपिल गरेको छु । आज जे देखिएको छ, सबैतिर उत्साहपूर्वक अपेक्षाभन्दा बढी नै मतदान हुन्छ भन्ने मलाई विश्वास छ ।’

साथै उनले आफ्नो पार्टी र कांग्रेसको तालमेल अनुसार नै भोट हालेको बताए ।'कांग्रेससँगको तालमेल अनुसार नै भोट हालियो' संचारकर्मीसँग कुराकानी गर्दै उनले भने ।  प्रधानमन्त्री प्रचण्डले बिहान ७ बजेर ८ मिनेट जाँदा मतदान गरेका थिए । मतदानका लागि उनी शनिबार सपरिवार चितवन आएका थिए । प्रचण्डकी छोरीहरु रेणु दाहाल र गंगा दाहालले पनि लक्ष्मी मावि ‘ख’ केन्द्रबाट मतदान गरेका छन् ।


Published Date : Sunday, May 14, 2017

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

, , ,

Loading...